दमौली/व्यास नगरपालिका वडा नं. १० का १२ बर्षिय सन्जिव दरै करेन्ट लागेर घाईते भएका छन् । मादी नदीको किनारमा पौडी खेल्ने क्रममा पानीमा विधुतीय प्रवाह हुँदा करेन्ट लागेर दरै घाइते भएका हुन् । उपचारको लागि रत्नहरि अस्पतालमा लगिएको छ । बोटेगाउँस्थित मादी किनारमा रहेको हाईटेन्सनको पोलबाट तार लत्रिएको बारेमा पटक पटक ध्यानाकर्षण गराए पनि नेपाल विधुत प्राधिकरणको समयमा चासो नदिंदा सो दुर्घटना भएको स्थानीयको भनाई रहेको छ ।
करेन्ट लागेर घाईते
previous post