31.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

तनहुँमा ७५औं प्रजातन्त्र दिवस

दमौली/तनहुँमा यस बर्ष अघिल्ला बर्षहरुमा भन्दा फरक तामधामका साथ ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । पञ्चायतकालमा विद्यालयलाई शिक्षक÷शिक्षिका र विद्यार्थी अनिवार्य उपस्थितिको उर्दी जारी गरेर संख्या र भिड प्रदर्शन गरेजस्तै यो बर्षको प्रजातन्त्र दिवसमा मानिसको भौतिक उपस्थिति गराइएको दलगत आस्थाविहिन स्वतन्त्र नगरवासीको टिप्पणी रहेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षताको मूल समारोह समितिले पञ्चैवाजा सहितको प्रभातफेरी र सभाको व्यवस्थापन गरेर यो बर्षको प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवस समारोहको एकल बक्ता समारोहका अध्यक्ष मात्र थिए ।

गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व सदस्यहरु डोबाटे बिक, सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, विभिन्न राजनीतिक दल विभिन्न संघ–संस्था, सुरक्षा निकायका प्रतिनिधि, व्यवसायी, शैक्षिक सस्था र स्थानीयहरु सहभागी भएका
थिए । पञ्चे बाजा सहित विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो  ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुल समारोह समितिका संयोजक वाग्लेले नेपाली नागरिकले आफ्नो क्रान्तिबाट प्रजातन्त्रको बिकुल फुकेको दिनमा वीर सहिद, घाईते योद्धाको योगदानलाई दिवसमा मात्रै नभई सधैं सम्झिनु पर्ने बताउनुभयो ।
सोही अवसरमा प्रशासन चोकमा राष्ट्रिय झण्डालोत्तन गरिएको थियो । दिवसको उपलक्ष्यमा मङ्गलबार तनहुँ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा दमौली बजार सरसफाई गरिएको थियो । बिहीबार अनसन चौतारी खुला रक्तदान कार्यक्रम राखिएको छ ।

Related posts

राजनीतिक भूमरीमा फस्यो सत्यवती प्रअ प्रकरण

admin

महासंघद्वारा शोक व्यक्त

admin

सरकारको नीति तथा कार्यक्रम-बजेट मार्फत इमान्दार कार्यान्वयनको जनअपेक्षा

Deepak Joshi