Tanahun Awaj
समाचार

गल्बुवेशी आमा समूहको पाँचौ अधिवेशन

गल्वुवेशी टोल सुधार आमा समूहको पाँचौं अधिवेशनको झलक –फोटो रमेश विकल
	गल्बुबेशी/ टोल सुधार आमा समूहको १३ औं साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
	आमा समूहकी अध्यक्ष सुशिला कृष्ण दुराको अध्यक्षतामा शनिबार सम्पन्न अधिवेशनले सितादेवी गोदारको अध्यक्षतामा १३ पदाधिकारी तथा सदस्य रहने नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन संयोजक गंगादेवी गुरुङका अनुसार समूहको उपाध्यक्षमा सावित्री तिमल्सेना तथा सविना गुरुङ चयन भएका छन् । 
	संयोजक गुरुङका अनुसार समूहको सचिवमा सुनिता थापा, सहसचिवमा एलिजा गुरुङ तथा कोषाध्यक्षमा चन्द्रीदेवी तिवारी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । समूहका सदस्यहरुमा आरती गुरुङ, ललिता हड्खले, सन्तोष कार्की, चन्द्रा अधिकारी, विनु पण्डित सिग्देल, मैया विक र माला दुरा चयन भएका छन् ।
	निवर्तमान अध्यक्ष सुशिला दुरा तथा निवर्तमान सचिव प्रभा मिश्रलाई दोसल्ला तथा प्रमाणपत्रले सम्मानित गरिएको अधिवेशनको उद्घाट्न वडा नं १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले गरेका थिए । उद्घाटनका अवसरमा बोल्दै वडाध्यक्ष हड्खलेले थोरै समयमा आमा समूहले आफ्नै भवन निर्माण देखि शिवालय निर्माण गर्न सफल भएको र यो लोभ लाग्दो प्रगति भएको उल्लेख गरे । हड्खलेले आमा समूहहरुले वचतलाई आय आर्जनको काममा परिचालन गर्नु पर्ने बताउँदै आगामी दिनमा आमा समूहको सृजनात्मक काममा वडाको सकारात्मक सहयोग रहने समेत बताए ।  
	अधिवेशनमा छाब्दी प्रवेशद्वार टोल विकास संस्थाकी अध्यक्ष गंगादेवी गुरुङ, सोही टोलका नेपाली कांग्रेसका सभापती हरिबहादुर थापा, जनप्रतिनिधि सुनिता सुनार स्थानीय वुद्धिजिवी नारायण गिरी, तथा टोलका सचिव रामजी तिमल्सिनाले शुभकामना व्यक्त गरेका थिए । समूहकी सदस्य सुनिता थापाले सञ्चालन गरेको कार्यक्रममा चन्द्रीदेवी तिवारी श्रेष्ठले अतिथीको स्वागत गरेकी थिइन् । 

Related posts

संसयको घेरामा सत्तागठबन्धनको आयु

admin

निर्वाचन आउन ५९ दिन बाँकी, क्षेत्र नं १ मा कांग्रेस तथा २ मा एमाले अगाडि

admin

नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयन

admin