30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

पूर्ण डिजिटल यात्रामा एशियन

फोटो बी बी श्रेष्ठ

दमौली/एशियन उपभोक्ता सहकारी संस्था पुर्ण रुपमा डिजिटल प्रविधिमा रुपान्तरण भएको छ । व्यास नगरपालिका वडा नं २ मा मुख्य कार्यलय रहेको सहकारी समय र ग्राहकको मागसँग डिजिटल प्रविधिमा रुपान्तरण गरिएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले वताए ।
ग्राहकलाई सर्वसुलभ तरिकाले सेवा दिनका लागी मोवाईल एप्सको विकास गरेको सहकारीले डिजिटल प्रविधिको मोवाईल बैकिङ्गवाट आफै खाता खोल्न सकिने, मोवाईल रिचार्ज गर्न, एयर टिकट वुक गर्न सकिने, विभिन्न वालेटमा रकम पैसा पठाउन सकिने सहकारीले जनाएको छ ।
यसैगरि मोवाईल एपको प्रयोग गरि चेक वुकका लागी अनुरोध गर्ने, एटीएम, भिजा कार्ड वनाउन अनुरोध गर्न सकिन्छ भने एपको माध्यामवाट नै फन्ड ,तथा वैक टूान्सफर, क्यु आर स्कान, विभिन्न विज्ञापन, राईड पेमेन्ट, फेच स्टेटमेन्ट सेभिङ्ग, शेयर खरिद तथा लोन पनि डिजिटल प्रविधिको माध्यामवाट गर्न सकिने अध्यक्ष श्रेष्ठले वताए ।

Related posts

थर्पु अस्पतालमा पुस देखि दैनिक आँखा उपचार सेवा

admin

पार्टी छाड्ने लहर

Deepak Joshi

फलफूल लाइन आगलागी, राज्यका निकायको अक्षम्य अयोग्यता

admin