22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

हिसान तनहुँमा कार्की

दमौली/हिसानको प्रथम अधिवेशनले तनहुँको अध्यक्षमा बुधबार मिनबहादुर कार्कीलाई चयन गरेको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तनहुँको बुधबार दमौलीमा प्रथम अधिवेशन भएको थियो । प्रथम अधिवेशनले संघको उपाध्यक्षमा हरिचन्द्र अधिकारी, सचिवमा सन्देश नारायण श्रेष्ठ र कोषाध्यक्षमा सुरेश पौडेल चयन गरेको छ ।

सदस्यहरूमा इन्जिनियर तारा भट्टराई, परशुराम अधिकारी र गोविन्दप्रसाद खनाल रहनुभएको छ भने सल्लाहकारमा तिलनाथ काफ्ले, पूर्ण थापा र प्रकाश खड्का चयन हुनुभएको निर्वाचन समिति संयोजक डोलाराज पाण्डेले बताउनु भयो ।

Related posts

फलफूल लाइन आगलागी, राज्यका निकायको अक्षम्य अयोग्यता

admin

विद्यालयको जग्गा हडप्ने विरुद्ध मुद्दा दायर

admin

त्रिनाब्बे प्रतिशत योजना सम्झौता

admin