19.8 C
Damauli
October 16, 2026
Tanahun Awaj
समाचार

पुल निर्माण कार्य स्थगित

दमौली/व्यास नगरपालिका वडा नं ३ र वडा नं १ करङकाठमा निर्माणाधिन दमौली वसपार्क जोड्ने गरी निर्माण गर्न लागिएको मोटरेवल पुल निर्माण झण्डै दुइ महिनादेखि निर्माण स्थगनमा छ ।
बुल्दीखोलामाथि बन्न लागेको यो पुल निर्माण गर्न ज्वालामुखी कन्सट्रक्सनले जिम्मा पाएको छ । ६ करोड १ लाख सत्रहजार ३२४ रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्नेगरी गत फागुनमा सम्झौता गरी काम सुरु भएर वारी–पारीका दुइवटा पिल्लर निर्माण सम्पन्न भएपनि थप काम भएको छैन ।
२०८२ भाद्र २२ मा निर्माण सम्पन्न गर्ने सम्झौतमा उल्लेख छ । कालेपत्रे गर्न ठिक्क पारिएको वसपार्कको समेत वर्षाका कारण काम रोकिएसंगै पुल र वसपार्क छिट्टै बन्ने स्थानीयको आशा अन्योलमा बदलिएको छ ।

Related posts

महिला संघ अधिवेशन सम्पन्न

admin

राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन

admin

छुवाछुत तथा भेदभाव विरुद्ध वृहत कार्यक्रम

admin