Tanahun Awaj
समाचार

जनसहभागितामा मन्दिर र पार्क

फोटो सिताराम बानिया

सम्जुर/तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. १३ सम्जुरका ३८ जना सेवाभावका मानिसहरु र अन्य स्थानीय जनसहभागितामा चण्डी माईको मन्दिरको मर्मत तथा चिल्ड्रेन पार्कको निर्माण गर्नुका साथै नियमित सरसफाई अभियान चलाइएको छ । क्लबले पार्कमा ठूलो नेपालको झण्डा राख्नका लागि पोल समेतको व्यवस्था गरेको छ । पार्कलाई तारजालीको घेराबार समेत लगाईएको छ ।
चण्डीमाई युवा क्लबका सचिव सिताराम बानियाले दिनुभएको जानकारी अनुसार सम्जुरछाप सामुदायिक बन समेत ३८ जना स्थानीयको चन्दा सहयोग रकम तीन लाख ९० हजारबाट चण्डीमाई चिल्ड्रेन पार्कको निर्माण गरिएको हो । सम्जुर छाप जन्मथलो भई हाल युके निवासी चण्डीमाईका भक्त सुकबहादुर गुरुङ्गले करिव एक लाखको लागतमा चण्डीमाई मन्दिरको मर्मत तथा संरक्षण गरेपछि सोही ठाउँमा रहेको करिब चार रोपनी खुल्ला समथर सार्वजनिक जग्गालाई चिल्ड्रेन पार्कको रुपमा निर्माण गर्ने जागरण आएपछि चण्डीमाई युवा क्लबले त्यसको नेतृत्व लिएको हो भन्नुहुन्छ क्बलका अध्यक्ष दिनेश गुरुङ्ग ।

चण्डीमाइ परिसरमा सरसफाइ गर्दै सम्जुर बासी -फोटो सिताराम बानिया


चिल्ड्रेन पार्कका लागि सम्जुर छाप सामुदायिक बन उपभोक्ता समितिले एक लाख रुपयाँ चन्दा दिएको छ । त्यसैगरी पोर्चुगलको बैदेशिक रोजगारमा रहेका सञ्जित गुरूङको १९ हजार पाँच सय, अमृत गुरूङले १४ हजार पाँच सय, रहन गुरूङ र मेघ गुरूङले सात हजार दुइ सय पचासका दरले चन्दा सहयोग गर्नु भएको छ । सुरेश खनालले २० हजार चन्दा दिनुभएको छ । दिपक खनालले १६ हजार चन्दा दिनुभएको छ । सुवास खनाल, दिलिप खनाल र जागृति आमा समूहले १५/१५ हजारका दरले चन्दा दिनुभएको छ । सन्तोष गुरुङले दुई पटकमा गरेर १४ हजार सहयोग गर्नुभएको छ । चण्डीमाई मन्दिर मर्मत गर्ने सुकबहादुर र चण्डीमाई युवा क्लबले १२/१२ हजार चन्दा दिएका छन् । भवानी गुरुङ्गले ११ हजार, सुदीप खनालले १० हजार, दुई पटक गरेर सुजन गुरुङ्गले १० हजार, सन्तोष गुरुङ्गले आठ हजार चन्दा सहयोग गर्नुभएको छ । पार्क निर्माणमा सहभागिता जनाउँदै सुब्बा गुरुङले छ हजार चन्दा दिनुभएको छ ।
पार्क निर्माणका लागि १५ जनाले पाँच पाँच हजारको दरले चन्दा सहयोग गर्नुभएको छ । यसरी सहयोग गर्नेमा संजित गुरुङ्ग, विकास गुरुङ, ध्रुब गुरुङ, प्रसाद गुरुङ, कृष्ण गुरुङ्ग, विकास थापा, भरत बस्नेत, शंकर गुरुङ्ग, गणेश बस्नेत, विजय गोदार, सुमन बानिया, प्रकाश बानिया, सचिन गुरुङ्ग, थमन÷अनिता गुरुङ्ग समेतलेको नाम सम्जुर स्थित चण्डीमाई युवा क्लबबाट तनहुँ आवाजलाई प्राप्त भएको छ । पार्क निर्माणका लागि मञ्जुल सेख र नसिब मियाँले तीन तीन हजार प्रदान गर्नुभएको छ । राजकुमार बानियाले पच्चिस सय सहयोग गर्नुभएको छ । अञ्जु परियारले दुई हजार आर्थिक सहयोग गरेर पार्क निर्माणमा तन, मन, धन, बचन र कर्मले सहयोग गर्नुभएको छ ।
पार्कमा परम्परागत रोटे पिङ्ग राख्ने योजना अनुसार खम्बा गाडि सकिएको सचिव सिताराम बानियाले स्पष्ट पार्नुभयो ।

Related posts

राष्ट्रिय सभा निर्वाचन–२०८० माओवादी उत्साही, वेचैन एमाले

admin

तनहुँ बारको कोण सभा

admin

भानुमा हुलाक सेवा

admin