22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

ऋषिङमा प्राविधिक शिक्षा, शिव सरस्वतीमा भेटरिनरी सञ्चालन हुने

ऋषिङ/शिव सरस्वती माध्यमिक विद्यालय ऋषिङले प्राविधिक शिक्षा प्रदान गर्न प्रारम्भ गर्ने भएको छ ।
विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गत १८ महिने प्रि डिप्लोमा(भेटरीनरी पशुविज्ञान) का कक्षा सञ्चानल गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले तनहुँ आवाजलाई जानकारी गराए ।
उक्त विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न गाउँ पालिकाले आवश्यक तीनजना दक्ष जनशक्ति उपलब्ध गराउने ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अुनसार प्रदेश शिक्षा मन्त्रालयले पनि आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ । अति विपन्न परिवारका विद्यार्थीले समत यो शिक्षा लिने अवसर प्राप्त गरुन भन्नका लागि अक्षय कोष स्थापना र त्यस मार्फत छात्रवृत्ति उपलब्ध गराउने व्यावस्था गर्ने तर्फ आवश्यक पहल गरिने श्रेष्ठको कथन छ ।
एसएलसी उत्तीर्ण वा एसईईमा जुनसुकै जीपिए ल्याएको विद्यार्थीले पनि अध्ययन गर्न मिल्ने यो विषयमा कक्षा सञ्चालन गर्न विद्यालयले ४० वटा कोटा प्राप्त गरेको उल्लेख गर्दै श्रेष्ठले बुधबारसम्म १५ जना विद्यार्थी भर्ना भैसकेको बताए ।
४० मध्ये ३ जना सिटिइभिटीले छात्रवृत्तिका विद्यार्थी पठाउने भएकाले ३७ जना भर्ना गरेर कक्षा सञ्चालन गर्न सकिने बताउँदै विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालले भर्नाका लागि अनलाईन आवेदन खुलेको र निशुल्क आवेदन दिन सकिने व्यावस्था गरिएको उल्लेख गरे । प्रअ बरालका अनुसार गाउँ पालिकाबाट विद्यालयलाई आवश्यक तीन जनशक्ति नियुक्तिका लागि विज्ञापनको अनुमति प्राप्त भैसकेको छ । कक्षा सञ्चालनका लागि विद्यालयले भेटरीनरी डाक्टर, ३ वर्ष डिप्लोमा तथा १८ महिने कोर्ष गरेका पुरा गरेका जनशक्ति भर्ना गर्नेछ ।
कक्षा कोठा, आवश्यक भौतिक सामग्री तयार भएको जनाउँदै विव्यस अध्यक्ष श्रेष्ठले स्थानीय आवश्यकता तथा विभिन्न विद्यालयहरुसंगको अनुभव आदान प्रदानका आधारमा भविष्यमा समस्या नहुने गरी विषय छनौट गरी विषय छनौट गरिएकाले प्राविधिक शिक्षा निरन्तरतामा समस्या नहुने समेत बताए ।
ऋषिङ गाउँ पालिका बाट प्रत्येक वर्ष झण्डै चार सय विद्यार्थी एसईईमा सहभागी हुन्छन्, विव्यस अध्यक्ष श्रेष्ठ भन्छन्, त्यसका सात देखि १० प्रतिशत विद्यार्थीलाई विश्वासमा लिन सक्दापनि हाम्रो कार्यक्रमले निरन्तरता पाउँछ । प्रअ बरालका अनुसार १८ महिने कोर्ष पूरा गर्न २५हजार कुल शुल्क लाग्ने छ, ।
प्राविधिक शिक्षाका कक्षा सञ्चालनका लागि आवश्यक रकम जम्मा गर्ने हेतुले विद्यालयले २०७६ माघ १७ देखि २५ सम्म महायज्ञ सञ्चालन गरेको थियो ।
यज्ञबाट एक करोडभन्दा बढी रकम उठेको र सबै खर्च कठाएर ८० लाख वचत हुन महायज्ञ आयोजक समितिका संयोजक समेत रहेका विव्यस अध्यक्ष श्रेष्ठले बताए । प्राविधिक शिक्षाका कक्षा सञ्चालनमा महायज्ञ र दाताहरुको सहयोगले आफुहरुलाई आत्मबल प्रदान गरेको भन्दै यो अवसरमा सम्पूर्ण दाताहरु प्रति कृतज्ञता प्रकट गर्नुपर्ने उनको कथन छ ।

Related posts

तनहुमा न्यायीक निरिक्षण

admin

पचपन्न करोड बढीको बजेट अनुमान

admin

असोज एक गते शोक दिवस

admin