Tanahun Awaj
समाचार

प्रधानमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति

फोटो गुगलबाट
प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका छन् । दाहालले सोमबार नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउन  धेरै मिहिनेत गरेको र दिल्ली समेत धाएको बताएका थिए । उनले भनेका थिए, ‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ, उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो, धेरैचोटी दिल्ली जानु पनि भयो, काठमाडौँका पार्टीहरु र नेताहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो ।’ भनेका थिए । 

उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ ।’
प्रधानमन्त्री दाहालको यो अभिव्यक्ति सार्वजनिक भएसंगै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता धेरैले आफु प्रतिनिधि सभाको बहुमतबाट प्रधानमन्त्री बनेका कुरा दाहालले भुलेको भन्दै व्यङ्ग्य गरेका छन् । कतिपयले भने प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमा घटाएको उल्लेख गरेका छन् ।
भारतका लागि पूर्व नेपाली राजदूत नीलाम्बर आचार्य संसद्बाट विश्वास पाएको प्रधानमन्त्रीले जनादेश बिर्सनु गलत भएको उल्लेख गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश वर्ताैलाले दाहालको अभिव्यक्तिले संसद्को अपमान भएको प्रतिक्रिया दिँदै यो अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले प्रधानमन्त्रीसंग उक्त अभिव्यक्तिको जवाफ माग्ने बताएका छन् । एमालेका अर्का नेता विष्णु रिमालले प्रितम सिंहले बनाएका प्रधानमन्त्रीलाई प्रश्न !!! भन्दै लामो फेसबुक स्टेटस लेखेका छन् ।
उनले स्टेटस्मा लेखेका छन्, सधैंभरी आफूले काँक्रो खाएर वियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपाली वियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ? यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ’प्रितम सिंह’ थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर ग¥यो ?
प्रधानमन्त्री दाहालले भने आफ्नो अभिव्यक्तिमा गरिए्रको आपत्तिलाई बेलुनरुपि बवण्डरभन्दै त्यो चाँडै फुट्ने बताएका छ । उनले भने, पुस्तक विमोचनमा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएका छ । यो बेलुनरुपी बबण्डर चाँडै फुट्छ । दाहालले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा प्रमाणित गर्ने दाबी गरे ।

Related posts

एसइई नतिजाको सन्देश र शैक्षिक असमानताको खाडल

Deepak Joshi

दमौली बजारको ट्राफिक सुधारको निर्णय, हात्ती आयो फुस्सा

Deepak Joshi

२०९औं भानुजयन्ती निरन्तरतामा सीमित

admin