26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

तनहुँमा बढ्दै डेँगु संक्रमण

दमौली/तनहुँमा डेँगु संक्रमण बढ्दो क्रममा छ । बुधबार स्वास्थ्य कार्यालय तनहुँले सार्बजनिक गरेको विवरण अनुसार तनहुँमा हाल एक हजार दुई सय ८१ जनामा डेँगु संक्रमण देखिएको छ । यो संख्या गत साता नौं सय ७४ रहेको थियो ।
तनहुँका दश पालिका मध्ये ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ भने भिमाद र भानु नगरपालिकामा ५–५, म्याग्दे गाउँ पालिकामा ७, बन्दिपुर गाउँ पालिकामा ७१, व्यास नगर पालिकामा ९८, शुक्लागण्डकी नगर पालिकामा एक सय ४८ र आँबुखैरेनी गाउँपालिकामा सबै भन्दा धेरै नौ सय ४७ संक्रमित रहेका स्वास्थ्य कार्यालय तनहुँका परिवार योजना सुपरभाइजर सुदिप कँडेलले एक सुचना मार्फत जानकारी दिए ।

Related posts

शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण

admin

वीपीवाद जगाउन उम्मेदवारी

Deepak Joshi

सकिँदै गठबन्धनको औचित्य कांग्रेस–एमाले: मुख मिल्छ, मुद्दा मिल्दैन

admin