28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

गीतकार उपाध्यायको उपन्यास लोकार्पण

दमौली/विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । 
तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा सोमबार एक कार्यक्रमबीच सो उपन्यासको लोकार्पण गरिएको हो । कार्यक्रममा कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापा लगायतको उपस्थिति रहेको थियो । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । 
सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ जस्ता चार कविता सुनाएका थिए भने एक गजल ‘मनको चाह’ लेखी तत्काल वाचन गरेका थिए । यस्तै उपाध्यायको गीतिएल्बम ‘आवृत’ पनि विमोचन गरिएको थियो । 
यसैगरी डा.उपाध्यायकै गीत ‘राखिरहु आखाँमा हरपल’ यो गुफामा छायांकन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा रमेश थापा ‘टीकाध्वज’ र मञ्जु खडकाको अभिनय रहेको छ । भिडियोलाई विनोद तामाङले छायांकन गर्नुभएको हो । डा.उपाध्यायका अनौठा कार्यलाई यहाँ आउने पर्यटकले रोचक ढंगले हेरिरहेका थिए । काठमाडौंको चाबहिल स्कुलका विद्यार्थीले उक्त कार्यलाई नियालेका थिए । यो गुफामा दैनिक सयौं पयर्टक आउने गर्दछन् ।
पृथ्वी राजमार्गको विमलनगर भन्ने ठाउँबाट आधा घण्टाको पैदल यात्रा गरेपछी सिद्ध गुफा पुग्न सकिन्छ । विसं २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँचजनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो । 
नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफासमेत हो । जिदी खोला किनारको घनाजंगल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिंग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।

Related posts

छैटौ आदिवासी जनजाति महोत्सव

Deepak Joshi

ओली सरकारका एक्ला दीप “प्रदीप”

admin

शिवसरस्वतीको स्वर्ण महोत्सव भोलीः पूर्वमन्त्री भण्डारीले उद्घाटन गर्ने

admin