19.2 C
Damauli
October 30, 2026
Tanahun Awaj
समाचार

वातावरण मैत्री अभियानमा व्यास

दमौली/व्यास नगरपालिकाले व्यास नगरपालिकालाई वातावरण मैत्री बनाउन नगरवासीहरुसंग अनुरोध गरेको छ । फोहर व्यवस्थापनमा समस्या झेली रहेको व्यास नगरपालिकाले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नकुहिने वस्तुहरु उत्पादन तथा प्रयोग नगरेर वातावरण मैत्री व्यास नगर बनाउन आग्रह गरेको हो ।
व्यास नगरपालिकाले गत जेठ १ गतेदेखि नै प्लाष्टिकका झोला, प्लेट, कप लगाएतका वातावरणलाई प्रदुषित तुल्याउने वस्तुलाई निषेध गर्न व्यास नगर प्लाष्टिक जन्य वस्तुको प्रतिबन्ध गर्ने ऐन २०८१ बनाएर व्यास नगरलाई वातावरण मैत्री बनाउने वैधानियक यात्राको तय गरेको हो ।
जेठ १ गतेदेखिको सार्वजनिक सूचना विपरित प्लाष्टिक जन्य झोला निषेध गर्दा पनि नियन्त्रण नभएपछि बुधबार एक विज्ञप्ति नै निकालेर प्रयोगकर्तालाई एक सय रुपयाँ, विक्रेतालाई पाँच सय देखि तीन हजार रुपयाँसम्म, उत्पादकलाई दुई हजारदेखि छ हजारसम्म जरिवाना गर्ने जानकारी गराएको छ ।

Related posts

शुभकामना आदान प्रदान

admin

उम्मेदवारहरुले शुरु गरे घरदैलो अभियान

admin

महाधिवेशन प्रतिनिधि छनौटमा एमाले अभ्यास

admin