Tanahun Awaj
समाचार

नौ घण्टा बिद्युत अबरुद्ध

दमौली÷व्यास नगरपालिकाको विभिन्न क्षेत्रमा दैनिक नौ घण्टा बिद्युत अबरुद्ध हुनेछ ।
दमौली–भरतपुर १३२ केभि ट्रान्समिसन लाइनको कन्डक्टर अपडेटिङका लागि व्यास नगरपालिका क्षेत्रभित्र तीन दिनसम्म दैनिक नौ घण्टा बिद्युत अबरुद्ध हुने विद्युत प्राधिकरण दमौलीले जनाएको छ ।
दमौली फिडर अन्तर्गको मालेबगर, अमरापुरी, तालघरे, भादगाउँ, हाईस्कुलटार लगायतका क्षेत्रहरुमा, दमौली सवस्टेसन अन्तर्गतको थर्पु, तनहुँसुर र सोति फिडर अन्तर्गतको सम्पुर्ण क्षेत्रमा विहिबार देखि शनिबारसम्म विहान ८ बजे देखी साँझ ५ बजे सम्म विद्युत अवरुद्ध हुने भएको
हो ।

Related posts

स्थानीय निर्वाचन सम्बन्धी कांग्रेसको अभियान: घर–घर जाऔं, कांग्रेस जिताऔं

admin

घिरिङ्गमा स्वास्थ्य शिविर

admin

राजनीतिक अस्थिरताको भूमरीमा नेपाल

admin