Tanahun Awaj
समाचार

कर्मकाण्ड तालिम लिँदै व्यासका दलित

दमौली/वैदिक ज्ञानको सारलाई व्यापक गरी सनातन हिन्दु धर्मको रक्षा गर्न व्यास नगरक्षेत्रका दलित समुदायका पुरोहितलाई वैदिक कर्मकाण्ड तालिम प्रारम्भ भएको छ ।
मंगलबारदेखि सुरु साता लामो तालिम परिवर्तनका लागि मिडिया र व्यास नगरपालिकाले संयुक्त रुपमा अयोजना गरेका हुन् । तालिममा वैदिक कर्मकाण्ड, शास्त्रिय पद्धति र संस्कृतिको बारेमा जानकारी गराइने छ ।

तालिम उद्घाटनका अवसरमा बोल्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले वैदिक ज्ञानलाई दलित पुरोहितमाझ पु¥याई मानव धर्मको रक्षा गर्न नगरपालिका अग्रसर रहेको बताए । प्रमुख न्योपानेले कुनै पनि धर्मले जातीय विभेद र छुवाछुतलाई प्रोत्साहन नगरेको तर हिन्दु धर्मका पण्डितहरुबाट दलितहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसक्दा अन्य धर्मप्रति दलितहरुको आकर्षण बढ्दै गएको बताए ।
उनले भने ‘हिन्दु धर्मगुरुहरुबाट दलितलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसक्दा अन्य धर्मप्रति दलितहरुको आकर्षण बढ्दो छ, त्यसैले समयमै त्यसलाई सच्याएर अघि बढ्ने कार्यमा वैदिक धर्मगुरुहरु अग्रसर हुन आवश्यक छ ।’
उक्त अवसरमा व्यास नगर कार्यपालिका सदस्य चन्द्रमाया परियारल,व्यास नगरपालिकाकाका दलित अगुवा कृष्ण रुचाल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य तथा दलित पत्रकार संघ नेपाल तनहुँका अध्यक्ष सन्त नेपाली,दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण विके लगाएतले मन्तव्य राखेका थिए ।
तालिममा व्यास नगरपालिका क्षेत्रका १८ जना दलित पुरोहित सहभागी छन् ।

Related posts

जिल्ला स्तरीय निवन्ध लेखन प्रतियोगिता

admin

चदारोलाई गाउपालिकाको न्यानो कपडा

admin

संसयको घेरामा सत्तागठबन्धनको आयु

admin