Tanahun Awaj
समाचार

विश्व मजदुर दिवसमा नेपाल ट्रेड युनियन काँग्रेस तनहुँको र्‍याली तथा सभा

तस्वीरः अमरराज नहर्की

दमौली/नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति तनहुँले नेपाली काँग्रेसको कार्यालय वी पी स्मृति भवनमा १३५ औ श्रमिक दिवस मनायो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय गोविन्द भट्टराईले कांग्रेसकै नेतृत्वमा मजदुरको पक्षमा राहत मूलक नीति ल्याएको दावी गर्नुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष कृष्ण बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय उपाध्यक्ष राजेश पालिखे, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, ट्रेड युनियन केन्द्रीय सहकोषााध्यक्ष रसामाया गुरूङ, नेपाली कांग्रेस व्यास नगर सभापति सुर्यचन्द्र हडखले, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबू भट्टराई समेतका वक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमम स्वागत उपाध्यक्ष विश्व अधिकारीले र सञ्चालन सचिव पशुपति अर्यालले गर्नुभएको थियो ।

Related posts

६८औं सहकारी दिवस

admin

सचिन स्मृति दौड प्रतियोगिता

Deepak Joshi

घिरिङका कृषकको साथमा कोईका

admin