28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

राष्ट्रिय अध्यक्षलाई स्वागत

दमौली/बी पी विचार समाज तनहुँले समाजका राष्ट्रिय अध्यक्षलाई तनहुँमा स्वागत तथा सम्मान गर्ने जनाएको छ ।
बी पी विचार समाज तनहुँले जेठ २७ गते औपचारिक कार्यक्रम गरेर आफ्नो राष्ट्रिय अध्यक्षको स्वागत तथा सम्मान गर्न लागेको हो ।


बी पी विचार समाज तनहुँका संरक्षक गोविन्दराज जोशी बी पी विचार राष्ट्रिय समाजको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक दमौली आगमन हुन लागेको अवसरमा स्वागत तथा सम्मान गर्न लागिएको समाजका अध्यक्ष हरिशरण पण्डितले तनहूँ आवाजलाई बताउनु भयो ।

Related posts

अधिकारीप्रति श्रद्धाञ्जली

admin

दमौली विज्ञान शिक्षण सिकाई सहजीकरण

admin

महासंघको भ्रत्सना

admin