22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

महादेववेसीमा निःशुल्क स्वास्थ्य शिविर

धादिङ/बाल विकास कार्यक्रम नेपाल CDPN को आयोजना र थाक्रे गाउँपालिका,फ्रन्ट लाईन हस्पीटल र तिलगंगा अस्पताल सहयोगमा धादिङको थाक्रे–६ महादेववेसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ६६९ जना लाभान्वित भएका छन् ।
शिविरमा १ सय ८३ जनाको आँखाको परिक्षण,९९ जनाको जनरल फिजिसेन् सेवा लिएका छन्, यसैगरी शिविरमा ५२ जनाको दन्त परिक्षण, नाक कान तथा घाँटी ७८ जना, बाल रोग ४६ जना र १०१,हड्डी तथा नसा, ११० महिला सम्बन्धी रोगको परीक्षण साथै आवस्यक विरामीको भिडियो एक्सरे भएको फ्रन्टलाईन हस्पिटल को अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र पब्लिव रिलेसन डिपार्टमेन्ट का प्रमुख रवि खड्काले जानकारी दिनु भएको छ। ।
साथै, शिविरमा निशुल्क औषधी समेत वितरण गरीएको थियो । आँखाको परिक्षण गराएका मध्ये ३३ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखिएकोमा अप्रेशन निशुुल्क गरिने आयोजकले बताएको छ । थाक्रे गाउँपालिका ,गल्छी गाउँपालिका वडा नम्बर ५ र ७, मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ र ८ का नागरिकहरुले स्वास्थ्य शिविरबाट सेवा लिएको पदमबहादुर केसीले मेल मार्फत जानकरी गराएका छन् ।

Related posts

बन भोज कार्यक्रममा चुड्का नाँच (भिडियो)

admin

स्व.रो.सचिन स्मृति दौड प्रतियोगिताको उपाधि गुरुङलाइ

admin

थानीमाइ जाने निर्माणाधिन सडक

admin