20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

स्टानको सक्रिय सिकारु खोजी अभियान

दमौली/विज्ञान शिक्षक समाज नेपाल (STAN) तनहुँको आयोजनामा दमौलीमा सक्रिय सिकारु खोजी अभियान सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।
व्यास नगरपालिका तनहुँको सहयोगमा Active learning why and how भन्ने मुल नाराका साथ प्रशिक्षण सम्पन्न भएको समाजका अध्यक्ष सुदिप आचार्यले बताए । बुधबार व्यास नगर पालिकाको सभाकक्षमा आयोजित प्रशिक्षण पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण अर्यालको प्रमुख आतिथ्य एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको संरक्षकत्वमा सम्पन्न भएको थियो ।

गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी विशिष्ट अतिथी रहेको कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरुलाई भौतिक विज्ञानका नमुना सामग्री निर्माण र प्रयोग तथा जीव विज्ञानमा सूक्ष्म दर्शक यन्त्रको प्रयोग बारेमा प्रशिक्षकत्रय डा दामोदर कोइराला, लक्ष्मीनन्द ढकाल तथा प्रदिप पौडेलले जानकारी गराएका थिए ।
तनहुँ जिल्लाका अतिरिक्त पर्वत, बाग्लुङ, लमजुङ, गोर्खा तथा कास्की जिल्लाका विभिन्न विद्यालयका ९४ शिक्षक तथा विद्यार्थीको सहभागिता हरेको प्रशिक्षणको अन्त्यमा विद्यार्थीहरुलाई कक्षा कोठामा हुने सिकाई क्रियाकलापमा सक्रिय रुपमा सहभागी हुने प्रतिवद्धता जनाउन लगाइएको अध्यक्ष आचार्यले जानकारी गराए । कार्यक्रममा सहभागी शिक्षकहरुलाई कक्षाकोठामा दैनिक शैक्षिक सामग्रीको प्रयोग गर्ने कुरामा समेत प्रतिवद्ध गराइएको थियो । सो अवसरमा पूर्व विज्ञान शिक्षक अनुज न्यौपानेद्वारा लिखित सक्रिय सिकारु खोजी अभियान नामक पुस्तका विमोचन गरिएको थियो ।

Related posts

तनहुँ रेडक्रसको ३९औं साधारण सभा

admin

शैक्षिक सामग्री वितरण

admin

निःशुल्क शिक्षामा व्यासको चासोः प्रतिवेदन बनाउन निर्देशन, होला कार्यान्वयन ?

admin