30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

ऋषिङमा निःशुल्क छाती रोग परीक्षण

रानीपोखरी । ऋषिङमा बुधबार छाती रोग सम्बन्धी निःशुल्क एक्स रे शिविर सम्पन्न भएको छ । जापान नेपाल हेल्थ एण्ड ट्युवरक्लोसिस एसोसिएशन, युएनडिपी र ऋषिङ गाउँ पालिकाको संयुक्त आयोजनामा सम्पन्न परीक्षण शिविरमा तीन सय ९० जनाले छाती परीक्षण गराएको स्वास्थ्य शाखा ऋषिङले जनाएको छ ।
शिविरमा ऋषिङ गाउ पालिकाको वडा नं ४, ५, ६, ७ र ८ तथा घिरिङ गापा ५ का नागरिकले छाती रोग परीक्षण गराएका थिए । परीक्षण गराएका मध्ये नौ जनामा टिबी संक्रमण देखा परेको ऋषिङ–८ स्थित स्वास्थ्य केन्द्रका कर्मचारी सुरजकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार संक्रमित नौ जनालाई ६ महिनासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गरिनेछ ।
छाती रोग परीक्षणका अतिरिक्त रक्तचाप तथा सुगरको समेत परीक्षण गरिएको शिवरमा विशेषज्ञ डाक्टर, रेडियोलोजिस्ट, जापान नेपाल हेल्थ एण्ड ट्युवरक्लोसिस एसोसिएशनका प्रतिनिधि तथा स्वास्थ्य शाखा ऋषिङ र रानीपोखरी स्वास्थ्य केन्द्रका कर्मचारीको सहभागिता रहेको थियो ।

Related posts

नेवारी संस्कार अनुसार गाइजात्रा

admin

लोकतान्त्रिक राज्य व्यवस्थाले के गर्दैछ ? राज्यका तीन अंगले अब कतिबेर काम गर्ला ?

admin

स्व.रो.सचिन स्मृति दौड प्रतियोगिताको उपाधि गुरुङलाइ

admin