28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

भानु जयन्ती तीन दिनसम्म मनाइने

दमौली/भानु जन्मस्थल विकास समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने भएको छ ।
समितिले सार्वजनिक गरेका तीन दिने कार्यतालिका अनुसार पहिलो दिन असार २७ गते स्थानीय मठमन्दिरमा पुजा अर्चना र साँझ दिपावली गर्ने कार्यक्रम छ ।
दोस्रो दिन भानुभक्तीय रचना पाठ प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता तथा देश विदेशबाट आएका पाहुनालाई सम्मान गर्ने कार्यक्रम छ । भानुभक्तीय रचना वाचन प्रतियोगितामा प्रथम पुरस्कार पाँच हजार रुपैया र प्रमाणपत्र रहेको छ भने द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः तीन हजार, दुइ हजार तथा प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी खुल्ला कविता प्रतियोगितामा प्रथम पुरस्कार रु दश हजार, द्वितीय पुरस्कार रु सात हजार, तृतीय पुरस्कार रु पाँच हजार तथा सान्त्वना पुरस्कार क्रमश: रु एकहजार र पाँचसय रुपैयाँ तथा प्रमाणपत्र रहेको छ ।
समितिले विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिताको पुरस्कार क्रमशः रु पाँचहजार, तीन हजार, दुइ हजार तथा सान्त्वना रु एक हजार तथा पाँच सय रुपैया र प्रमाणपत्र राखेको छ । सबै प्रतियोेगिताहरु समितिको कार्यालय परिसर भानुमा हुने छन् । कार्यक्रमको अन्तिम दिन असार २९ गते विहान चुँदी रम्घा स्थित भानुभक्तको प्रतिमामा पुजा तथा पञ्चकन्याबाट रामायण वाचन, श्रद्धाञ्जली सभा, कवि गोष्ठी, विविध साहित्यिक एवं सांस्कृतिक कार्यक्र, भानुभक्तीय नाटक तथा झाँकी प्रदर्शनको कार्यक्रम रहेको छ ।

Related posts

सामुदायिक भवन उद्घाटन

admin

सातौँ विश्व ॐकार तथा हिन्दुमहामिलान पर्व

admin

घरबाटै घरनक्शा विवरण

admin