25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

नजिकिँदै स्थानीय निर्वाचन- ०७४ को परिणामा यस्तो, अब कस्तो ?

रमेश विकल
सरकारले आगामी वैशाख ३० गते देशभर एकैपटक सबै ७५३ स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेसंगै राजनैतिक सरगर्मी बढ्न थालेको छ ।
अघिल्लो निर्वाचनमा झण्डै ३५ हजार स्थानीय निकायका पदहरु मध्ये १४ हजारभन्दा बढी पदमा जित हात पारेर पहिलो दल बनेको नेकपा एमालेका लागि यस पटककोे निर्वाचनमा आफ्नो स्थान सुरक्षित गर्ने चुनौति छ भने एमाले फुटेका कारण केही थप पदमा जित हात पार्न सकिन्छ कि भन्ने दाउमा सत्ताधारी दल नेपाली कांग्रेस रहेको छ । अर्काे सत्ताधारी दल माओवादी केन्द्रलाई भने पहिले जितेका पद सुरक्षित गर्न कठिन हुने प्रतित हुँदैछ । यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले मरिमेटेर पनि आफ्नो अस्तित्व स्थापित कठिन छ ।
अघिल्लो निर्वाचनमा कुल ७५३ स्थानीय निकायका लागि तीन चरणमा भएको निर्वाचनमा ठूलो दल बनेको नेकपा एमालेले २९४ स्थानीय निकायको अध्यक्ष तथा मेयर, ३३१ को उपाध्यक्ष तथा उपमेयर र दुइहजार ५६० वडाध्यक्ष सहित १४ हजार ९७ पदमा जित हात पारेको थियो । अहिले दुइ पूर्वप्रधानमन्त्रीले पार्टी विभाजन गरेको र तल्लो तहसम्मका कार्यकर्तामा विभाजनको असर पुगेकाले एमालेलाई अघिल्लो निर्वाचनमा प्राप्त मत सुरक्षित गर्न र आफ्नो पहिलो स्थान कायम राख्न चुनौति छ । यतिमात्र होइन ओली सरकारका पालमा भएका अनेकौं भ्रष्टाचारका काण्ड, बन्दाबन्दीका बेला सर्वसाधारणका सम्बन्धमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीबाट गरिएको छुद्र टिप्पणी, जननिर्वाचित निकाय संसदलाई विघटन गर्ने बारम्बारको दुष्प्रयास आदिका कारण पनि एमालेलाई ति स्थान जोगाउने चुनौति रहेको छ ।
२६६ स्थानीय निकायको अध्यक्ष तथा मेयर २२३ को उपाध्यक्ष तथा उपमेयर र दुइहजार २८६ वडाध्यक्ष सहित ११ हजार४५५ पदमा जित हात पारेर दोस्रो ठूलो दल बनेको कांग्रेसमा देखिने गरी विग्रह त छैन तर अन्र्तघातको अनेकौं खेल हुने कांग्रेसलाई पनि ती स्थान सुरक्षित गर्दै ठूलो दलको रुपमा रहेको एमालेमा आएको फुटको फाईदा उठाउँदै थप केही पदमा जित हासिल गर्ने र आफु ठूलो दल चुनौति छ । निर्वाचन नजिकिँदै गर्दा आम जनमत विरुद्ध अमेरिकी सहयोग एमसिसि संसदमा अनुमोदनका लागि पेश गर्ने तथा नेताहरु एमसिसि अनुमोदन गर्न कम्मर कसेर लागि परेको घटनाले कांग्रेसलाई घाटा हुने विश्लेषण गर्न थालिएको छ ।
उता अघिल्लो निर्वाचनमा १०६ स्थानीय निकायको अध्यक्ष तथा मेयर १११ को उपाध्यक्ष तथा उपमेयर र एकहजार १०२ वडाध्यक्ष सहित पाँच हजार४४२ पदमा जित हात पारेको नेकपा माओवादी केन्द्रका लागि पनि ति स्थान सरक्षित गर्ने फलामको च्यूरा चपाउनु सरह हुने देखिएको छ । यसबीच धेरै प्रभावशाली नेताहरुले माओवादी छोडेका र एमसिसिका विषयमा अध्यक्ष प्रचण्डद्वारा प्रदर्शित व्यवहारका कारण माओवादीलाई ति पद सुरक्षित राख्ने कठिन हुने भएको हो ।

Related posts

दिर्ग–लोक स्मृतिको १५ औं श्रृङ्खला

admin

परीक्षा बोर्डको अध्यक्षमा तनहुँका पाण्डे र पौडेलको आवेदन

Deepak Joshi

नगरप्रमुखको सहजीकरणबाट खुल्यो तालाप्राविधिक समस्याले तालाबन्दीसम्म पुग्यो समस्या

admin