22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

सक्रिय राजतन्त्र आयो भने पहिले पत्रकारको कलम भाचिन्छ: मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सक्रिय राजतन्त्र आयो भने पहिले पत्रकारको कलम भाचिने बताएका हुन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको सहयोगमा पोखरामा सञ्चालित दुई दिने मल्टिमिडिया रिपोटिङ तालिममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका छन् ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले अहिलेको संविधान जस्तो समावेशी र सबै वर्गलाई स्विकार्य अर्को संविधान निर्माणको बाटो तिर लाग्ने हो भने त्यो मुर्खता हुने बताएका हुन् । पत्रकारहरुलाई गणतन्त्र विरोधी गतिविधिलाई नसघाउन अनुरोध गर्दै उनले विगतलाई सम्झदै, ‘बहुदल पछि हामीले संवैधानिक राजतन्त्रको अभ्यास गर्यौ र त्यसैक्रममा सक्रिय राजतन्त्रले आफुलाई स्थापित गर्ने प्रयत्न गर्यो । त्यो सक्रिय राजतन्त्रको पहिलो सिकार पत्रकारिता जगत थियो र भोलि पनि हुने त्यहि हो । मेरो मुख थुनिनु भन्दा पहिले तपाइको कलम भाचिन्छ’ भनेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केवी राना, महासंघ कस्किका अध्यक्ष माधब बराल, महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, प्रशिक्षकद्वय शिव पुरी, केशव शरण लामिछाने लगायत विभिन्न प्रेस स्वतन्त्रता सेनानी, गण्डकी प्रदेश भित्रका महासंघ जिल्ला शाखाका प्रतिनिधि र केहि पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन महासंघ गण्डकी प्रदेशको महासचिव जमुना बस्नेत शर्माले गरेकी थिइन भने ‌स्वागत उपाध्यक्ष प्रकास पौडेलले गरेका थिए ।

Related posts

चुडा कर्म (ब्रतवन्ध)

admin

मनोक्रान्ति पदयात्राः

Deepak Joshi

राष्ट्रिय सभा निर्वाचन–२०८० माओवादी उत्साही, वेचैन एमाले

admin