Tanahun Awaj
समाचार

प्रदेश २ः नाम र राजधानी

दमौली/प्रदेश २ को स्थायी राजधानी जनकपुर र नाम मधेस भएको छ । माघ ३ गते सोमबार बसेको प्रदेश सभाको बैठकमा मधेस प्रदेश प्रस्तावको पक्षमा मतदानमा उपस्थित कूल ९९ सदस्य मध्ये ८० जनाले मतदान गरेका थिए । यसैगरी स्थायी राजधानी जनकपुर रहने भन्ने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । प्रदेश २ को प्रदेश सभामा १०३ सदस्य रहेका छन् । यस अघि प्रदेश २ को राजधानीको विषयमा संसदीय समितिले तीनवटा प्रस्ताव मतदानका लागि तय गरेको थियो । जसमा जनकपुरधाम पहिलो प्रस्ताव हो । यसका प्रस्तावकहरु परमेश्वर साह, रविन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साह रहेका थिए । दोस्रो र तेस्रो प्रस्ताव वीरगंज रहेको थियो । तर राजधानीका लागि तोकिएको क्षेत्र फरक थिए । यसका प्रस्तावकहरु क्रमषः सिंगासन कलवार र राजेश्वर प्रसाद शाह रहेको थिए । प्रदेश नामाकरणका लागि चारवटा प्रस्ताव तोकिएको थियो ।
जसमा मधेस प्रदेशका प्रस्तावक शैलेन्द्रकुमार यादव र भरत प्रसाद साह, जानकी प्रदेशको प्रस्तावक प्रमोदकुमार यादव, मिथिला भोजपुराका प्रस्तावक शिवचन्द्र चौधरी तथा मध्य मधेश प्रदेशको प्रस्तावक राजेश्वर प्रसाद शाह रहेका थिए । यो संगै सातवटै प्रदेशले स्थायी राजधानी पाएका छन् । प्रदेश १ को नामाकरण भने बाँकी नै छ ।

Related posts

ऋषिङ्गले नारी दिवसमा विभिन प्रतियोगिता गर्ने

admin

कांग्रेसको प्रतिज्ञाः सम्मुन्नत र सम्मानित नेपाली

Deepak Joshi

आदिकविको अध्यक्षमा छ जनाको दावी

admin