26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

हाम्रो घर

केशवराज अधिकारी मध्येनपाल–७, लमजुङ

आमाको मन दुष्ट हुन्न कहिल्यै सन्तानका खातिर
खोला,जङ्गल,तेज,वायु,धरती हामी सबैका भर।
हाम्रा भन्न सकेन दुस्ट मनले मेरो भयो आखिर
चोक्टा झोल र धेर थोर यसमै बिच्केर बिग्र्यो घर।

सासू झट्ट उठेर कड्कन सुरु कम्ती बुहारी किन?
छोरीका नखरा बढे दिनदिनै छोराहरू भाँडिन।
भाइ फुट्न हुदैनथ्यो तर यहाँ चुक्ली लगाए पर
छोरा बाबु र दाजु भाइ बिचमा बिच्केर बिग्र्यो घर

बाँझा खेत रहे उजाड जलका नाला कुलेसा ढले
आमाको तन नाङ्गिदै छ हरका पोसाक झुत्रा गले।
बिर्से नैतिकता अभद्र घटिया शैली बन्यो तस्कर
कैँची धेर चले सियो हुन कुनै निस्केन बिग्र्यो घर।

बारी खेत कुलो मुहान जलका भण्डार बेच्दै गए
सत्रू तुल्य बने जहान घरका साख्खै छिमेकी भए
दोषादोष बढ्यो घमण्ड चुलियो नाघेर रेखा पर
चोक्टा झोल र धेर थोर यसमै बिच्केर बिग्र्यो घर।

अर्काको घर आफ्नु हुन्न कहिल्यै माथै फुटाए पनि
अर्काको मन काटिदैन घरका आफन्त जस्तै बनी।
हामी सक्षम छौँ मिलेर कसिए के काम बन्दैन र?
थालौँ ढुक्क भएर शुद्ध मनले सप्रन्छ हाम्रो घर।

Related posts

उजाडिएका बालापनका सपनाहरु

admin

थप्रेकमा हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता

admin

चट्याङबाट बचौं, बचाऔं

admin