Tanahun Awaj
Uncategorized

भिटामिन ए कार्यक्रम

मंगलबार भिटामिन ए र जुकाको औषधी खाँदै सिद्धेश्वरी मावि व्यास १२ कमलबारीको कक्षा १ मा पढ्ने छात्र सगुन थापा । सगुन जस्तै जन्मेदेखि ५ वर्ष सम्मका देशभरका बालबालिकाले मंगलबार भिटामिन ए र जुकाको औषधी खाए ।
–तस्वीर सृजना कैनी

अन्य जिल्लामा भिटामिन ए कार्यक्रम सञ्चालन हुन नसकेको समाचार आई रहेका बेला तनहुँमा भने २०७८ बैशाख ६ र ७ गते दुई भिटामिन ए थोपा बालबालिकालाई ख्वाइएको छ । विशेष गरी छ महिनादेखि पाँच बर्षभित्रको उमेर समूहका बालबालिकालाई यो औषधी ख्वाइएको हो । यो कार्यक्रममा जुकाको औषधी समेत ख्वाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय अन्तरगत एकाईहरुले टोल टोलमा पुगेर बालबालिकालाई भिटामिन ए थोपा र जुकाको औषधी ख्वाएको जिल्ला स्वास्थ्य कार्यालय तनुहूँका प्रमुख शंकरवावु अधिकारीले बताउनु भयो । यस अघि पहिलो चरणको भिटामिन ए कार्यक्रम गत मंसिर ११ र १२ गते सम्पन्न भएको थियो ।

Related posts

अन्तिम अक्षर ‘ल’ भएका नेपालका थरहरु

admin

चोरी बढ्यो

admin

राष्ट्रसंगै हाम्रो सम्मान बढ्छः नेपाल

admin