Tanahun Awaj
Uncategorized

त्रुटी, हेलचक्राई वा लापरवाहीबाट हानि

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
भदौ १, २०७५ बाट लागू भएको नयाँ कानूनले त्रुटी, हेलचेक्राई वा लापरवाहीबाट हानि पु¥याउन नहुने कानूनी व्यवस्था गरेको छ । त्यस्तो गरेमा दुष्कृति मानि कानूनले सजाय भागि बनाएको छ । त्यतिमात्रै होइन नावालक, घर पालुवा जनावरले पु¥याएको नोक्सानीप्रति पनि मालिकलाई सजाय भागि बनाउने कानून बनेको छ । कुनै करार वा सम्झौता नभएको तर कसैको काम वा हेलचेक्र्याईको परिणाम स्वरुप उत्पन्न हानि, नोक्सानीलाई दुष्कृति गरेको मानिने गरी कानून बनेको छ ।

अभिभावक सजाय भागि ?
चौध बर्ष उमेर पुरा नभएको नाबालकले गरेको दुष्कृति बापत निजसंग बसेको बाबु आमा वा बाबु नभएको निज उपर मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिले दायित्व व्यहोर्न पर्नेछ ।

संरक्षक वा माथवरले दायित्व व्यहोर्नु पर्नेः
होस ठेगानमा नरहेको व्यक्तिले गरेको हानि, नोक्सानी बापत निजको संरक्षक वा माथवर जवाफदेही हुनेछ र सोही बमोजिम निजले दायित्व व्यहोर्नु पर्नेछ ।

काम लगाउनेको दायित्वः
नयाँ कानूनी व्यवस्था अनुसार आफूले काममा लगाएको घरेलु सहायकको काम कारवाहीबाट कसैलाई हानी, नोक्सानी भएमा त्यसरी काममा लगाउने व्यक्तिले त्यसको दायित्व व्यहोर्नु पर्नेछ । त्यसैगरी कुनै फर्म, कम्पनी वा संस्थाले काममा लगाएको कामदार वा कर्मचारीले कामको सिलसिलामा असल नियतले गरेको कुनै कार्यबाट कसैलाई हानी नोक्सानी भएमा त्यसको दायित्व फर्म वा कम्पनीले व्यहोर्नुपर्ने कानूनी व्यवस्था छ । तर असल नियत देखिएन वा हेलचेक्राई वा वद्नियत देखियो भने स्वयम्ले दायित्व बहन गर्नुपर्ने व्यवस्था कानूनमा उल्लेख छ ।

पशु धनीको दायित्वः
आफूले पालेको वा आफ्नो नियन्त्रणमा रहेको पशुले कसैलाई हानी पु¥याएमा त्यसको दायित्व पशु धनी वा नियन्त्रणमा राख्ने धनीले व्यहोर्नुपर्ने कानूनी व्यवस्था भएको छ । तर पशु धनीको पर्याप्त सुरक्षात्मक उपाय अपनाई उपयुक्त तरिकाले नियन्त्रणमा राखेको अवस्थामा हानि नोक्सानी गरेको वा पीडितकै काम त्रुटि वा हेलचेक्राईबाट हानि, नोक्सानी भएकोमा पशु धनीले दायित्व बहन गर्नु नपर्ने कानूनले सुविधा प्रदान गरेको छ ।

घरले पु¥याएको क्षतिः
आफ्नो घर भत्केर अरु कसैको घरमा क्षति पु¥याएमा भत्केको घर धनीले त्यस्तो क्षतिको दायित्व वहन गर्नु पर्नेछ । त्यसैगरी सम्पत्ती धनीको मेशीन, उपकरण वा यन्त्रबाट कसैलाई क्षति पुगेमा सम्पत्ती धनीले दायित्व वहन गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी घरबाट निस्केको फोहोर प्रदुषणबाट अरु कसैलाई हानी नोक्सानी भएमा घरको मुलीले सो दायित्व व्यहोर्नुपर्ने कानूनी व्यवस्था छ ।

निष्कर्षः
दुष्कृतिको कानून पछि हरेक नागरिकले आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको ख्याल गर्नु पर्नेछ । नगरेमा क्षति पुग्नेले क्षतिपूर्ति भराई लिन पाउने भएको छ ।

Related posts

विद्यालय मर्ज, समस्याको समाधान होइन

admin

आगलागीबाट एकको मृत्यु

admin

महिला हिंसा र न्यूनीकरणका उपाय

admin