Tanahun Awaj
Uncategorized

थप्रेकमा हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता

डोलराज रानाभाट

ऋषिङ गाउँपालिका ३ मौरीवास तनहुँका युवाहरुको संगठित संस्था अकला युवा क्लवको आयोजनामा शुक्रवार ऋषिङ ४ थप्रेकमा हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । थप्रेकमा रहेको महेन्द्रज्योति आधारभूत विद्यालयको व्यवस्थापनमा भएको कार्यक्रममा गाउँपालिका भित्रका ११ विद्यालय ले सहभागीता जनाएको हाजिरी जवाफ प्रतियोगितामा रिसिङ वोर्डिङ प्रथम भएको छ । प्रतियोगितामा सहविर आधारभूत विद्यालय द्धितीय र वालविकास मावि तृतीय भएको छ । त्यस्तै वक्तृत्वकला प्रतियोगितामा अमर मावि कोइदिमकी छात्रा रविना आले प्रथम, बालविकास मावि भिरकोटका छात्र मन वहादुर रानाभाट र सरस्वती आधारभूत विद्यालय चबादीकी छात्रा स्वती नेपाली द्धितीय र सरस्वती आधारभूत विद्यालय सोलुङकी छात्रा थानीमाया परियार तृतीय हुनुभयो । उहाँहरुलाई मेडल, प्रमाण पत्र सहित स्टेशनरी सामान प्रदान गरिएको थियो । क्लवका सचिव तीर्थराज रानाभाटका अनुसार हाजिरी जवाफमा प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई क्रमश नगद ४ हजार ५ सय ,३ हजार र १ हजार ५ सय तथा वक्तृत्वकलाका विजेताहरुलाई क्रमश २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । देश विकासमा युवा क्लवको भूमिका शीर्षकमा गरिएको वक्तृत्वकलामा विद्यार्थीहरुले गहगिला तर्क प्रस्तुत गरेका थिए । क्लवका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहनु भएका ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले अकलाले विद्यार्थीहरुको मानसिक विकासका लागि गरेको कार्यको प्रसंशा गर्दै गाउँपालिकाले पनि आगामी दिनमा यस खालको कार्यक्रम गर्न शिक्षा शाखामा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

क्लव आफैमा अव्वल वनिसकेको र गाउँपालिका भरी नै एक उदाहरणीय वन्न सकेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीनुमाया थापा, वडानम्वर ३ का वडाअध्यक्ष दुर्गा वहादुर राना, वडानम्वर ४ का अध्यक्ष भोजराज रानाभाट, पूर्व जिल्ला शिक्षा अधिकारी (शिक्षा समन्वय तथा सूर्यप्रसाद रानाभाट,गाउँपालिकाका अधिकृत चिन वहादुर रानाभाट, शिक्षा शाखा प्रतिनिधि विश्वराज अधिकारी, विद्यालयका संस्थापक खेमराज रानाभाट सहित स्थानीय, समाजसेवी, व्यक्तिहरुको सहभागीता रहेको थियो । क्लवले आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने अध्यक्ष ऋषिरामले जानकारी दिनुभयो । क्लवका सचिव तीर्थरानाभाटले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रम व्यवस्थापन गरेको विद्यालय महेन्द्र आधारभूतका प्रधानाध्यापक शिवलाल वरालीले स्वागत गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

Related posts

तिज विशेष- सहकारी गीत

admin

विस्तृत शान्ति सम्झौताका १३ वर्ष र पिडितको अवस्था

admin

कार्यकर्ताले फेरी भने, जागरण नेताहरुमा आवश्यक

admin