28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

मुटु दिवसमा बृद्धाश्रममा कार्यत्रम गरिने

विश्व मुटुु दिवसको अवसर पारेर नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँ शाखाले व्यास–३ मा रहेको वृद्धाश्रममा विभिन्न कार्यक्रम गर्ने भएको छ । 
प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेका अनुसार उक्त दिन आश्रमका रहेका वृद्ध–वृद्धाको  रक्त चाप परिक्षण गरिनुका साथै इको कार्डियो ग्राफी समेत गरिने छ । यसका साथै वृद्ध–वृद्धालाइफलफूल वितरण गर्ने कार्यक्रम समेत रहेको प्रतिष्ठानकी कोषाध्यक्ष अञ्जु दाहालले बताईन् । 
प्रतिष्ठानले मुटुलाई नकारात्मक असर गर्ने अति खराब चिल्लो पदार्थको बारेमा जनचेतना जगाउन स्थानीय निकायको सहयोगमा जिल्लाका सबै विद्यालयमा जानकारी मूलक फ्लेक्स समेत राख्ने भएको छ । यसले बालबालिकाले अति खराब चिल्लो पदार्थको सेवनले  ल्याउन समस्याका बारेमा जानकारी पाउने र आवश्यक सावधानी अवनाउने विश्वास प्रतिष्ठानको रहेको छ ।  यसका साथै वरिष्ठ मुटुरोग विशेषज्ञहरुको सहयोगमा विद्यालयका बालबालिकाको मुटु परिक्षण सिविर सञ्चालन गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । 
हरेक वर्ष सेप्टेम्बर २९ मा विश्वभर मुटु र मुटुरोगका बारेमा सचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाउने गरिन्छ ।  

Related posts

व्यानपाको छ नियम पारीत

admin

बेच्ने नै हो यदि भने………..

admin

भयावह बन्दै कोरोना

admin