22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

सम्बन्ध विच्छेद कानून र हाम्रो अभ्यास

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
मुलुकमा संहिता कानून आएपछि पुरुषले पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाइने जानकारी सबैमा गएको छ । कानून पढेका व्यवसायीहरु पनि त्यस्तै सल्लाह दिन्छन् । तर सम्बन्ध विच्छेद मुद्दा दर्ता गरेका पतिहरुले सम्बन्ध विच्छेदको न्याय पाएका छन् कि छैनन् त ? आमनागरिकको चासो विषय भएको छ । सम्बन्ध विच्छेद मुद्धा दर्ता गरेर पनि निश्चित रुपमा हारिने अवस्थामा किन मुद्दा दर्ता गर्ने प्रश्न खडा भएको छ । हाम्रो कानून र अभ्यास कस्तो छ त एक संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

सम्बन्ध विच्छेद गर्न पाईने कानूनी व्यवस्थाः
संहिता लागू भएपछि दुवैको मन्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने कानून व्यवस्था छ । कानून भन्छ– ‘पति पत्नि दुबैले चाहेमा जहिलेसुकै पनि पति पत्निको सम्बन्ध विच्छेद गर्न सक्नेछन् ।’ यो व्यवस्थाले दुवै पति पत्नि भएर संयुक्त निवेदन लिएर गएमा अदालतबाट सम्बन्ध विच्छेदको निर्णय गरिदिनु पर्ने जस्तो व्यवस्था बुझिन्छ । तर अभ्यासमा अदालतले यस्तो संयुक्त निवेदन दर्ता गर्न इन्कार गरेको अभ्यास छ । वादी प्रतिवादी भएर मात्रै मुद्धा दर्ताको अभ्यास भएको ।

पतिले सम्बन्ध विच्छेद गर्न सक्नेः
संहिता लागू भएपछि पतिले पनि सम्बन्ध विच्छेद गर्न सक्ने कानूनले तोकिदिएको छ । पतिसंग अंश लिई वा मानो छुट्टिई भिन्न बसेको अवस्थामा, पतिको मन्जुरी वेगर लगातार तीन बर्ष भन्दा बढी समय अलग बसेमा, पत्निले खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिको अङ्गभङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्निले परपुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा । माथि उल्लेखि कुनै एक अवस्थामा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने कानूनी व्यवस्था छ ।

सम्बन्ध विच्छेद गराई दिन पर्नेः
पत्निको सहमति नभएपनि पतिको संवन्ध विच्छेद मुद्धा त दर्ता हुने भयो । कानूनमा भएको व्यवस्था अनुसार मुद्धा दर्ता भएपछि एक बर्षसम्म मेलमिलापको प्रयास गर्ने, पति पत्निले मिलापत्र गर्न मञ्जुर नगरेमा निवेदन परेको एकबर्ष पछि अदालतले सम्बन्ध विच्छेद गराई दिनु पर्नेछ’ भन्ने खालको निर्देशात्मक कानूनी व्यवस्था छ ।

हाम्रो अभ्यासः
एक बर्षपछि पनि सम्बन्ध विच्छेद हुने गरी फैसला भएका छैनन् । कारण पतिको मञ्जुरी नलिई लगातार तीन अलग बसेको, खान नदिई घरबाट निकाला गरेको, मानसिक कष्ट दिएको, परपुरुष संग यौन सम्बन्ध राखेको ठहरेको अवस्थाको विद्यमानता हुँदैन अर्थात पुष्टि गराउन पतिले सकेनन् ।

निष्कर्षः
परम्परागत पुरुष प्रधान समाजको अस्तित्व अब छैन । हरपुरुषले सतर्कतापूर्वक पति पत्निको सम्बन्ध स्थापित गर्नुपर्दछ । अथवा परिपक्व उमेरको अनुभव पछि दीर्घकालिन सोंचका साथ मात्रै दाम्पत्य शुरु गर्नु पर्दछ ।

Related posts

प्रतियोगितामा प्रतिष्ठान तनहुँ प्रथम

admin

भारतीय विदेश मन्त्री नेपालमा-आर्थिक साझेदारीलाई सुदृढ तुल्याउने

admin

विधेयक फिर्ता लिन महासंघको आग्रह

admin