30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

शालिक अनावरण

पुलिमराङ्ग/शिलान्यास भएको २५ बर्षपछि छ सहिदको शालिक आज अनावरण हुँदैछ । नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोईरालाले बरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्लामा २०५१ बैशाखमा शिलान्यास गर्नुभएको शहिद स्मारक सर्वमान्य नेता गणेशमान सिं का पुत्र एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंले आज अनावरण गर्ने कार्यक्रम रहेको सहिद स्मारक संरक्षण समितिका अध्यक्ष ना.सुवेदार एकबहादुर गुरुङ्गले बताउनु भयो ।

२००७ मा बन्दिपुरको आन्दोलनमा सहादत प्राप्त गरेका धर्मध्वज गुरुङ्ग, त्यसपछि पञ्चायतले २०१८ सालसम्ममा कोत्रेमा लालध्वज गुरुङ्ग, पुलिमराङ्गमा भारत गुरुङ्ग, भरतपुरमा सम्सेर गुरुङ्गको हत्या गरेको थियो । त्यसैक्रममा सर्वसिं गुरुङ्ग, हस्तवीर गुरुङ्गले पनि सहादत प्राप्त गरेका थिए । तिनै सहिदको सम्मानमा सहिद स्मारक बनाएको हो । यस पछि भानुको टुटेपानी स्थित सहिद कृष्णबहादुर गुरुङ्गप्रति श्रद्धाञ्जली दिने कार्यक्रम रहेको वडाध्यक्ष रामबहादुर बानियाले बताए ।

Related posts

अचम

admin

व्यासको खर्च कटौतीः शिक्षक सेवाबाट बिदा, अन्यलाई मार्ग प्रशस्त गर्न जानकारी

admin

बच्चाका अगाडि झगडा, हामी कति तगडा ?

admin