25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

शेखर कोइराला भन्छन् ‘कांग्रेस नेतृत्वले नैतिक धरातल गुमाएको छ’

दमौली/नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेस नेतृत्वले नैतिक धरातल गुमाएका कारण सशक्त प्रतिपक्षिको भूमिका निर्वाहमा असफल भएको बताएका छन् ।

नेता कोइरालाले शनिवार बीपी स्मृति भवन दमौलीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेतृत्व भागवण्डामा रमाउँदा पार्टी संगठन ध्वस्त भएको समेत उल्लेख गरे । कास्की र लमजुङ्गका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा कार्यकर्ताका जिज्ञासा मेटाउन छोटो समयका लागि दमौली बसेका कोइरालाले भ्रष्टाचारका हरेक मुद्दामा आवाज अठाउनासाथ हामै्र नेतृत्वको नाम जोडिएर आउने गरेको उल्लेख गर्दै नेतृत्वको व्यवहारका कारण आम कार्यकर्तामा निराशा छाएको बताए ।

नेका तनहुँका सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापतिद्वय रघुनाथ पौडेल तथा धु्रव वाग्ले, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ र कास्की कांग्रेस सभापति यज्ञबहादुर थापाको उपस्थिती रहेको संक्षिप्त कार्यकर्ता भेटघाटमा कोइरालाले नेविसंघको विधान विपरित उमेरहद नघाएर गर्न लागिएको नियुक्ति आफुलाई मान्य नहुने बताए । पार्टी केन्द्रीय नेतृत्व पार्टीको नभएर गुटको नेता बन्ने अभ्यासमा लागेका भन्दै कोइरालाले विधानमै नभएको व्यवस्था नियमावलीमा ल्याएर नेतृत्वले आफुखुसी गरेको गुनासो गरे ।

आगामि महाधिवेशन तोकिएको समयमा हुन नसके पार्टी दुर्घटनामा पर्ने भन्दै कोइरालाले समयमा महाधिवेशन गर्न कार्यकर्ता तहबाट दवाव सृजना गर्नुपर्ने बताए । भातृसंस्थालाई कांग्रेसको सदस्यता वितरणको जिम्मा दिने व्यवस्थाको विपक्षमा आफु रहेको उनको धारणा थियो ।

Related posts

कोभिड विरुद्ध क्षत्री समाजको सहभागिता

admin

आमा समूहको साधारण सभा सम्पन्न

admin

के छोराले सम्हालान् त नेता जोशीको राजनीतिक विरासत ?

admin