23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

सार्वजनिक सुनवाईमा उठ्नु पर्ने सवाल

बाबुराम खनाल
गजौडे/व्यास नगरपालिका वडा नं. ९ को आयोजनामा गत शुक्रबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनवाईको मूल उद्देश्य आमनागरिक सूसुचित हुने गरी सार्वजनिककरण गर्नु हो । गत बर्षको विकास कार्यक्रम के कसरी सम्पन्न भयो, उपलब्धि के भयो, अगामि बर्षको कार्यक्रम के छ भन्ने कुरा सार्वजनिक सुनवाईमा आमजनता उपभोक्ताले बुझ्न सक्ने गरी सार्वजनिकरण गरिनु पर्दछ । साथसाथै समावेशी प्रतिनिधित्व र समावेशी पहूँच एवं अधिकारको संरक्षणले मात्रै सार्वजनिक सुनवाईको सार्थकता पुष्टि गर्दछ ।

व्यास नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत दिनेशराज पन्तको प्रमुख आतिथ्यता र बरिष्ठ लेखापरिक्षण अधिकृत कुमारकञ्चन जिसीको विशिष्ट आतिथ्यताले सार्वजनिक सुनवाईको आधिकारीताको बलियो पुष्टि गरेको थियो । सार्वजनिक सुनवाईमा आर्थिक बर्ष २०७५÷०७६ को लागि प्रस्तावित विकास कार्यक्रम र विनियोजित बजेट सार्वजनिक गरिएको थियो । कार्यक्रममा सहभागिहरुले मोटर मार्गको स्तरोन्नती, मोटर मार्गले उत्पादन गरेको धुलोजन्य प्रदुषण रोकथाम, सिंचाई तटबन्ध, पशु विमा लगायतका सवाल सशक्त ढङ्गले उठाएका थिए । १४ वटै वडाको सार्वजनिक सुनवाईमा उठेको सवालहरुलाई एकिकृत गरी प्राथमिकताका आधारमा सम्बोधन गर्ने व्यास नगरपालिकाको तर्फबाट आश्वाशन मात्र सो अवसरमा दिइएको थियो ।

सार्वजनिक सुनवाईमा बालबालिकाको हक अधिकारको संरक्षण, फरक क्षमता भएका व्यक्तिहरुको अधिकार संरक्षण, महिलाअधिकार संरक्षणको सवाल उठाई प्रभावकारी कार्यान्वयनको मार्ग प्रसस्त गर्न सकेको भए सार्थक परिणाम दिन सकिने सहभागिहरुले टिप्पणी गरेका पाइयो । वडाध्यक्ष शुरेश थापाको सभापतित्वमा भएको सो कार्यक्रमलाई कृषि शाखाका प्राविधिक विश्वराज वाग्ले, पशु शाखाका प्राविधिक कल्पना खनाल समेतले सम्बोधन गर्नु भएको थियो ।

Related posts

खड्ग ओली : समग्र परिवर्तनका सौतेनी आमा

admin

कोरोनाका सक्रिय संक्रमित २५ हजार नाघ्यो

admin

ऋषिङ म्याराथनको तयारी अन्तिम चरणमा

admin