Tanahun Awaj
Uncategorized

पिठाधीश अभिषेकसंगै शिवपुराण शुभारम्भ

दोस्रो दिन भक्तजनबाट बीस हजार दान

पाटन/पराशर आश्रम संरक्षण समितिले मंगलबारबाट शिपपुराण ज्ञानमहायज्ञको शुभारम्भ गराएको छ । आश्रमका पिठाधीश डा. रमानन्द गिरी ब्रम्हलीन हुनु भएपछि रिक्त रहेको आश्रमको पिठाधीशमा मंगलबार नै महेश आश्रमका पिठाधीश १००८ स्वामी, डा. रामानन्द गिरीका शीष्य रमणानन्द स्वामीलाइ अभिषेक गरी आशन ग्रहण गराइएको समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताउनु भयो ।

ज्ञान महायज्ञको दोस्रो दिन बुधबार व्यास–४ निवासी विष्णुमायाँ गुरुङ्गले आफ्ना दिवांगत छोराको सम्झनामा सहभागि तीन सय भक्तजनलाई प्रसादको व्यवस्थान गर्नुभएको थियो । बुधबारको दानपेटिकामा करिव २० हजार नगद संकलन भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । पुष १८ गतेसम्म सञ्चालन हुने ज्ञान महायज्ञ विहिबारबाट विहान ११.०० बजे शुरु भै अपरान्ह ४ बजे समापन हुने कार्यक्रम रहेको छ । विशेष गरी ज्ञानमहायज्ञ दोस्रो पुस्ताका युवा, क्याम्पस कलेजमा पढ्ने सिर्जनशिला क्षमताका विद्यार्थीहरु, विद्वान विदुसीहरुमा आध्यामिक भावना जगाई धार्मिक तत्वबोध गराई हराउँदै गएको धार्मिक आस्थाको संरक्षण गर्ने मूल ध्येयका साथ शिवपुराण ज्ञानमहायज्ञको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । महायज्ञमा गएपछि दान गर्नै पर्ने अपेक्षा नराखी पुराण महिमा बोध गराउने आयोजकको लक्ष्य रहेको हुँदा थाहा पाउने सबैजना उपस्थित भै कथा श्रवण गर्ने समय मिलाउन अध्यक्ष श्रेष्ठले आमजनसमुदाय समक्ष आव्हान गर्नुभएको छ ।

महायज्ञका प्रमुख अतिथि राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा नेपाली काँग्रेसका विश्व वास्तोला, नेकपाका श्रीप्रसाद श्रेष्ठ, शिवपाञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ लगायतले सम्बोधन गर्नु भएको थियो ।

उद्घाटन सत्रको सभापतित्व समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले गर्नुभएको थियो भने स्वागत उपसभापति लोचन आलेलेगर्नुभएको थियो । शिवपुराणको महिमाको बारेमा व्यासका अध्येता काशीनाथ न्यौपानेले प्रकाश पार्नु भएको थियो भने धन्यवाद ज्ञापन अर्का उपसभापति तारानाथ घिमिरेले गर्नुभएको थियो ।

Related posts

बालबिकास माविको ६० औं वार्षिकोत्सव

admin

सम्बन्ध विच्छेदमा कारक तत्व विविध

admin

अध्यापन अनुमति पत्रको नतिजाले उब्जाएको प्रश्न

admin