Tanahun Awaj
Uncategorized

सरोकारवाला बीच अन्तरक्रिया

दमौली/जिल्ला बाल न्याय समन्वय समिति तनहूँको आयोजनामा सुक्रबार दमौलीमा एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल बाल न्याय प्रणालीमा सरोकारवालाहरुको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया सर्वोच्च अदालतका न्यायाधीश एवं केन्द्रिय बाल न्याय समितिका अध्यक्ष डा.आनन्दमोहन भट्टराईको सभापतित्वमा भएको थियो ।

बाल न्याय प्रणाली कसरी चलिरहेको छ, समस्या र चुनौतिहरु के के छन् स्थानीयस्तरमै पुगेर बुझ्न थाहा पाउने उद्देश्यका साथ आयोजना गरिएको यो अन्तरक्रिया कार्यक्रमको समापन गर्नु अघि न्यायाधीश भट्टराईले बाल न्याय प्रणालीका सरोकारवालाहरुलाई एक पटक बाल सुधार गृहको आफैले अनुगमन र निरिक्षण गर्न पटक पटक सुझाउनु भएको थियो ।

अन्तरक्रियामा तनहुँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढु्रंगेलले बाल न्याय प्रणालीका बारेमा आफ्नो प्रस्तुती राख्नु भएको थियो । त्यसैगरी जिल्ला न्यायाधीवक्ता रामप्रसाद अधिकारीले बाल मैत्री अनुसन्धान र अभियोजनमा सरकारी वकिल र अनुसन्धान अधिकृतको भूमिका विषयमा आफ्नो प्रस्ततुी राख्नु भएको थियो । त्यसैगरी तनहुँ जिल्ला बाल कल्याण समितिका अध्यक्ष रामनाथ भट्टराईले कानूनको विवादमा परेका तथा अपराधबाट पीडित बालबालिकाको सहयोगमा सरोकारवालाहरुको भूमिका विषयमा आफ्नो प्रस्तुती राख्नु भएको थियो ।

अन्तरक्रियामा अनुसन्धान अधिकारीहरु, कानून व्यवसायीहरु, जिल्ला बाल कल्याण समिति, जिल्ला बाल न्याय समन्वय समिति, बाल क्लबका प्रतिनिधिहरु, तनहुँ जिल्ला अदालतका कर्मचारीहरु, बाल अधिकारवादी सामाजिक प्रतिनिधि, बालमनोविज्ञ र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विशेष गरी बालबालिकाको सर्वोत्तम हित, दीर्घ जीवन र विकास, अविभेद, बाल सहभागितालाई सिद्धान्तका रुपमा अनुशरण गर्दै अपराधको अनुसन्धान, अभियोजन, न्याय सम्पादन गर्नु पर्ने कानूनको बारेमा चर्चा गरिएको थियो । अनुसन्धानमा लिइएका बालबालिकालाई राख्न हरेक जिल्लामा निकरानी कक्ष हुनै पर्ने कुरामा विशेष जोड दिइएको थियो । बाल बालिकाका कसूरलाई कानूनको दायरामा ल्याउन धैर्यता पूर्वक कारवाही चलाउनु पर्ने तर्फ हाम्रो कानूनले प्राथमिकता दिएको केन्द्रिय बाल न्याय समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई सरोकारवालाहरुलाई सुसचित गर्नुभएको थियो ।

Related posts

इजलास विवाद समाप्त बहसको समय निर्धारण सहित सुनवाई प्रारम्भ

admin

कालापानीसंगै हाम्रो मन दुख्नु पर्छ

admin

आफ्नै नयाँ बर्ष फरक शैलीमा

admin