23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

पहिलो पटक डेंगो नियन्त्रण सचेतना

वेनीपाटन/व्यास नगरपालिका वडा नं. ५ स्थित वेनीपाटन टोल विकास संस्थाले नगरमै पहिलो पटक टोलमा डेंगो रोग सम्बन्धी सचेतना मूलक कार्यक्रम सुक्रवार सञ्चालन गरेको छ । समाधान हस्पिटल दमौलीको प्राविधिक सहयोगमा सञ्चालित एक दिने सचेतना मूलक कार्यक्रममा व्यास नगरपालिका वडा नं. ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डेंगो रोक नियन्त्रणका लागि वडा नं. ५ को वेनीपाटन टोल विकास सस्थाले पहिलो पटक सचेतना मूलक कार्यक्रम गरेकोमा सह्राना गर्दै व्यास नगरपालिकाबाट केही बजेट विनियोजन गर्न आफूले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

समाधान अस्पताल दमौलीका अध्यक्ष समीम खानले आफ्नो धारणा राख्दै डेंगोबाट बच्न उपायका बारेमा पर्चा सार्वजनिक गर्नुभएको थियो । यसैगरी समाधान अस्पताल दमौलीका डा. श्रीराम चन्दले डेंगो लाग्न सक्ने अवस्था, रोक थामका उपायहरु, लागि सकेपछि थाहा पाउने लक्षणहरु, उपचार गर्ने प्रक्रियाका बारेमा टोलवासीलाई जानकारी गराउनु भएको थियो ।

वेनी पाटन, पाटन र वेतेनी टोलका झण्डै सय जना टोलवासीहरु सहभागि डेंगो रोग नियन्त्रण सम्वन्धि सचेतना मूलक कार्यक्रमलाई वडा नं. ५ का सदस्य सुन्दर वाग्ले, स्वास्थ्यकर्मि शैलेस हड्खले, महिला स्वयम सेविका कला पुनः वेतेनी टोलका अध्यक्ष नरबहादुर रानाभाट लगायतले सो कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । आयोजक वेनीपाटन टोल विकास संस्थाका अध्यक्ष परशुराम गिरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

दमौली अस्पतालका अहेव सूर्य कुमार श्रेष्ठले दिएको जानकारी अनुसार हालसम्म छ जना विरामी देखा परेका छन् । दुई जना उपचारको रिफर गरी पोखरा पठाइएको छ । सो मध्येमा वेनीपाटन टोल विकास संस्थाकी सदस्य ६२ बषिया लालमति गिरीले मणिपाल शिक्षण अस्पतालबाट उपचार गराई सन्चो लागेको जनाएको छ । दुई जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

Related posts

मूख्यमन्त्री प्राप्तिले इतिहास व्यूझायो

admin

संविधानमा छ उपयुक्त आवासको हक घिरिङका जगबहादुरको यो अवस्था

admin

लत्ताकपडा र शैक्षिक सामग्री सहयोग

admin