26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भव्य बन्यो होलि पर्व

दमौली/आधुनिक शैली र भावमा यस बर्षको होलि दमौलीमा पनि भव्य रुपमा मनाइयो । विशेष गरी दमौली एफ.एम. र रोट¥याक क्लबको विशेष आयोजना र व्यवस्थापनमा होलि पर्व भब्य र गुञ्जायमान भएको थियो । दमौली एफ.एम.ले औपचारिक कार्यक्रमका साथ पर्वलाई भब्य तुल्याएको थियो । दमौली एफ एमले सफा सडकको पश्चिम साईडमा व्यास नगरपालिकाको बहुउद्देश्यीय भवनको अगाडि कार्यक्रमको आयोजना गरेको थियो । रोट¥याक क्लबले अनसन चौतारी अगाडिको मैदानमा कार्यक्रमको आयोजना गरेर अधिक युवा युवतीहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।

आफ्नो पहिचानगत रुपमा होलि मनाउने क्रममा पराशर कलेजको टीमले आफ्नै नाउँको टिसर्ट लगाएर होलि खेल्दै हिडेको थियो भने राजनीतिक पहिचान दिदै एक समूहले ‘आउ राजा देश बचाउ’ सन्देश अंकित टिसर्ट लगाएर होलि मनाउन बजारमा निस्केको थियो ।

Related posts

बन्दाबन्दी तीज

admin

खाद्य सुरक्षा, हाम्रो आवश्यकता

admin

निर्माण व्यवसायी संघमा नयाँ नेतृत्व

admin