25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

भानुमा इस्लामिक पुस्तकालय

बाँकेपसल/सामाजिक र धार्मिक सद्भावको आदर्श गाउँ तनहुँ जिल्लाको भानु नगरपालिकाको वडा नं. १३ को बाँके पसलमा बुधबार मुन स्टार अल इस्लामिक पुस्तकालय स्थापना गरिएको छ । राष्ट्रिय मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष हाजि रफिक मियाँ र भानु नगरपालिका वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बानियाले संयुक्त रुपमा रिवन काटेर पुस्तकालयको उद्घाटन गर्नुभएको थियो ।

एक लाख मूल्य पर्ने धार्मिक, सामाजिक, विविध विधाका पुस्तक राख्नको लागि आफ्नो जीवनकाल भरका लागि निःशुल्क रुपमापुस्तकालयलाई हाजि नुर मोहमद मियाँले कोठा उपलब्ध गराउनु भएको बाँकेपसलबाट बाबुराम खनालले तनहुँ आवाजलाई बताउनु भयो ।

उद्घाटन समारोहलाई केन्द्रिय उपाध्यक्ष हाजि रफिक मिया, वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बानिया, नेरेसो कलेस्ती उपशाखाका सभापति बाबुराम खनाल, संघका केन्द्रिय सल्लाहकार हाजिअब्दुल रहिम मियाँ, जनसहयोगी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष मौलादिन सेख, फजिर महमद सेख, फफुरदिन मिया, सिद्धिक मियाँ, दुर्गाप्रसाद आचार्य, सहिदा मियाँले सम्बोधन गर्नुभएको उद्घाटन कार्यक्रम मुन स्टार युवा क्लबका अध्यक्ष तइप मियाँको सभापतित्वमा भएको थियो । स्थानीय शिक्षक मोहमद मियाँले सञ्चालन गर्नुभएको कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, विशिष्ट अतिथि समेतका अतिथिहरुलाई मोहमद अलिमियाले स्वागत गर्नुभएको थियो ।

पुस्तकालयका लागि हनिफिया सामुदायिक बनबाट पच्चीस हजार पाँच सय, बकैले गाउँ सामुदायिक वनबाट एक्काईस हजार समेतका चन्दा संकलनबाट पुस्तकालयको कोषमा दुई लाख पचास हजार जम्मा भएको बाबुराम खनालले बताउनु भयो ।

Related posts

१५ लाख लागतमा ब्रह्माकुमारी भवन निर्माण

admin

पर्यटन प्रवद्र्धनका लागि मिनी म्याराथन

admin

श्रद्धाञ्जली मदन र जीवराज-सम्पादकीय

admin