23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

विधायिकी मनसायमा ‘अभद्र व्यवहार’

पृष्टभूमिः
कसैउपर नचाहिदो व्यवहार गर्न नहुने, महिला तथा बालबालिकालाई जिस्क्याउने र हैरानी दिने काम गर्नलाई रोक लगाउने विधायीकी मनसायबाट कानुन बनेको पाईन्छ । सार्वजनिक स्थलमा महिला, बालबालिका, शारीरिक रुपमा अशक्त व्यक्ति लगायत अन्य व्यक्तिको मर्यादा कायम राख्न र स्वतन्त्र रुपमा
रहने बस्ने स्वतन्त्रताको संरक्षण गर्ने उद्देश्यले अभद्र व्यवहार कानुन बनाएको विधायीक मनसाय प्रकट भएको छ । कुन परिस्थितिमा कस्तो व्यवहार भएको छ, त्यसले नै सो कुरा निर्धारण गर्ने हुनाले परिस्थिति अनुसार निर्णय लिन सक्ने गरी खुला छोडिएको देखिन्छ ।
कानुनको प्रयोगः
मुलुकी अपराध संहिताले कसूरको रुपमा दण्डित गरेको ‘अभद्र व्यवहार’ सार्वजनिक स्थलमा महिला, बालबालिका शारीरिक रुपले अशक्त व्यक्तिको मर्यादा कायम राख्न र स्वतन्त्रताको संरक्ष्णा गर्ने सीमा भन्दा बाहिर अभ्यास हुन थालेको समाचार टिप्पणीहरु बाहिर आउन थालेका छन् । विशेषतः पहूँचवालाले निर्धो, निमुखोलाइ धक्ययाउन, प्रहरीले प्रतिषोध साध्न यो कानुनको बढी प्रयोग आमजनसमुदायको अनुभव छ ।
उदाहरणहरुः
गायिका आस्था
राउतलाई लगाइएको अभियोग, गायक भिटेन भनिने समिर घिसिङलाइ लगाइएको अभियो, १२२ चिनियाले नेपालमा बसेर चिन विरुद्ध अपराध गरेको भनि लगाइएको अभद्र व्यवहार हेर्दा विधायिकी मनसाय भन्दा पनि बढी आवेश, प्रतिषोध र पहूँचको दुरुपयोगबाट मुद्धा लगाइएको देखिन्छ ।
कानुनमा के छ ?
‘सार्वजनिक स्थान, प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरेर अभद्र व्यवहार गर्न हुँदैन । महिला बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।’ कानुनमा प्रयोग भएको शब्दावली करिब करिव यत्तिनै हो । सजायको मात्रा हेर्दा एक बर्षसम्म कैद र दश हजार रुपयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
अपराध नियन्त्रणः
अभद्र व्यवहार सम्बन्धी कसूरको दायरा र व्यवहारिक प्रयोगको दायरालाई हेर्दा अपराध नियन्त्रण गर्नका लागि भन्दा अपराधिक मनसायबाट यो कानुनको प्रयोग भएको आभाष आमनागरिकलाई हुन थालेको छ । विशेष गरी
राजनीतिक पहूँचका व्यक्तिले आस्थाका आधारमा प्रतिषोधले सत्ता र पहूँचको दुरुपयोग गरेर यो कानुनको गलत प्रयोग गर्न थालेपछि अपराध नियन्त्रण ओझेलमा पर्दै गयो ।
निष्कर्षः
कानुनको उद्देश्य मुताविक लक्षित महिला, बालबालिका, शारीरिक असक्त व्यक्तिहरुको सम्मान र स्वतन्त्रताको संरक्षण गर्न तर्फ यो कानुनको प्रयोग हुनु पर्दछ । विशेष गरी पहूँच र शक्तिको दुरुपयोगले कानुनलाइ बद्नाम गराउने अभ्यासलाई राज्य संयन्त्रले नियन्त्रण गर्नु पर्दछ । कसैलाई कसूर, कसैलाई अवसर रुपमा अभद्र व्यवहारको व्यवहारिक परिभाषा हुनुहुँदैन ।

Related posts

महेन्द्रोदय माविको ६४औं वार्षिकोत्सव सम्पन्न

admin

३८औं सभा सम्पन्न

admin

विचरा संविधान

admin