Tanahun Awaj
Uncategorized

सन्दर्भ अन्तराष्ट्रिय महिला दिवस महिला कि म हेलाँ ?

संंसारभर र नेपालमा समेत मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको संघारमा आइपुग्दा महिला शब्दको वास्तविक अर्थ र हामीले प्रयोग गर्ने गरेको अर्थ नियाल्न मन लाग्यो । हिन्दु सभ्यताका अनुयायी बहुल नेपालमा महिलाको स्थान सम्मानित हुनु पर्ने हो । किनभने हामी पार्वती, सतीदेवी, लक्ष्मी, सरस्वती, दुर्गा लागएतको पुजा आराधना गर्दछौं  । उनीहरुलाई शक्तिको श्रोत मान्दछौं । रामायणकी सीता हुन या महाभारतकी द्रौपदी हाम्रा लागि आदरणिय र पात्र हुन् ।               शक्तिको श्रोतको रुपमा पुजा आराधना गरिने नारीको अवस्था हाम्रो सन्दर्भमा हेर्दा र सुन्दा “महिला” शब्दको अर्थ जननी, आमा, बहिनी, दिदी, भाउजु, बुहारी वा अन्य यस्तै  केही नभएर “म हेलाँ” भन्न खोजेका वा त्यसरी अथ्र्याएर व्यवहार गर्न खोजिएको आभाष हुन्छ । महिला भएकै कारण हाम्रो समाजमा नारी यानेकी महिलाले  हेलाँ, दुव्र्यवहार, यातना र अनेकौं  प्रताडना सहनु परेका धेरै कथाहरु छन् । घरायसी जिम्मेबारीका हिसाबले हेर्ने हो भने आफ्नो घरपरिवार प्रति पुरुषभन्दा महिला बढी नै जिम्मेबार रहन्छन् । जन्मनु पूर्व देखि नै दुव्र्यवहारको शिकार बन्ने  छोरी जन्मनासाथ पनि त्यस्तै व्यवहारको सामना गर्न बाध्य हुन्छे । “छोरा जन्मे खसी, छोरी जन्मे फर्सी” भन्ने उक्ति यसैको परिणाम हो । 
यसका साथै अर्काको घर जाने जात भनेर भनिने छोरी मान्छे आफुलाई जन्म दिने आमा–बुबा, दाजुभाइ, साथीसंगी, आफु जन्मे हुर्केको घर तथा खेलेको आगँन र गल्ली आदि कुराहरुमा अडिएको आफ्नो खुसी त्योगेर पराईघर जान बाध्य हुन्छे । उसले पराई घरमा नयाँ सदस्यको रुपमा अपरिचितहरु संग परिचित हुँदै र नाता अनुसारको सम्मान दिँदै अनि सोही अनुकुल व्यवहार गर्दै सबैको खुसी खोज्न थाल्नु पर्छ, आफ्नो खुसीलाई तिलाञ्जली दिएर । वंश निरन्तरताको लागि सन्तान उत्पादन देखि तिनको स्यााहार सुसारको जिम्मेबारी मात्र एउटी नारीले लिने होइन कि जीवन नै तिनीहरुको खुसीका लागि समर्पित गर्दछे । तर उसलाई सम्मानको हकदार यो समाजले ठानेको छैन । उसका योगदानहरुलाई वेवास्ता गर्दै अनेकौं नाममा उनीहरुलाई यातना दिने र दुव्यवहार गर्ने क्रम समाजमा जारी छ । 
विवाहमा थोरै गहना र कपडा ल्याएकोमा एउटा बेहुलो वा ज्वाईलाई किन थोरै गहाना–कपडा ल्याएको भनेर सामान्य जिज्ञासा राख्न नसक्ने हाम्रो समाजमा  दाईजो कम ल्याएका कारण महिलाहरु जिउँदै जलाइएका, झुण्डाएर मारिएका, शारीरिक तथ मानसिक यातना सहन बाध्य पारिएका थुप्रै घटनाहरु बारे हामीले सुनेका छौं र कतिपय घटनाका साक्षी पनि छौं । के यो महिलाको सट्टा म हेलाँ भएको होइन र ? महिला भएकै कारण भोग्नु परेको घरेलु हिंसाको कुराको चर्चा त जति गरपनि सकिँदैन । परिवारमा छोरी भएकै कारण हुने भेदभाव, विवाहित महिला भए श्रीमानले मादकपदार्थ सेवन गरेर घर आएर दिने गरेका मानसिक तथा शारीरिक यातना, गाली गलौज, दाईजो कम ल्याएका कारण सहुन पर्ने परिवारका सदस्यको छि छि र दूर–दूर अनि गुमाउनु पर्ने ज्यान, घर परिवारका सदस्यवा आफन्तबाट बलात्कारको शीकार हुनु पर्ने, विघवा भएको वा आर्थिक विपन्नताका कारण राम्रो खान लाउन नसकेको अवस्थामा अवहेलनावस लागाईने बोक्सीको आरोप र खानु पर्ने दिसा–पिसाब यी एउटी  नेपाली नारीको जीवन कथा हो । महिला भएकै कारण त यी सबै घृणा, तिरस्कार, अवहेलना, यातना र वेवास्ताको शीकार हुनु परको त होइन् ? 
११४ वर्ष अगाडि जुन माग राखेर न्यूयोर्कमा महिलाहरुले आन्दोलन गरेका थिए, अझै त्यो पूरा भएको छैन । समान कामका लागि समान ज्यालाको माग राख्दै आन्दोलन थालिएको यत्रो अवधिमा पनि नेपाली ग्रामिण भेगमा खेती गर्दा वा अन्य काममा पर्म लगाउने सन्दर्भमा पुरुषले एकदिन गरेको काममो पर्म महिलाले दुइ दिन काम गरेर तिर्नु पर्ने प्रचलन कायमै छ । विभेद र शोषणको यो भन्दा चरम रुप अरु के हुन सक्ला र ? 
महिला माथि हुने विभेद, दुव्र्यवहारको श्रृङ्खला लामो छ । सार्वजनिक यातायातमा यात्रा गर्दा वा भिडमाडमा रहँदा ठेलिँदै आएर छोइन खोज्ने, एकोहोरो हेर्ने, बाटोमा हिँडिरहेका बालिका तथा किशोरी र महिलालाई जिस्क्याउने जस्ता कुरा सामान्य जस्तै गरी चलिरहेका छन् । घर भित्र र बाटो घाटोको कुरा त भै हाल्यो विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने महिलाहरुले पनि अनेकौं मानसिक तथा शारीरिक यातना र असजिला भोग्नु परको उदाहरुण प्रसस्त भेटिन्छन् । सहरी तथा ग्रामिण महिलाहरु अनेकौं  हेलाँ होचो, उत्पिडन, शोषण र दुव्र्यवहारको शीकार भइरहनु परको वर्तमानमा नारी दिवस मनाउनुको अर्थ र महत्व कति रहन्छ ? एक पटक हामी सबैले आत्म समिक्षा गर्नु पर्ने भएको छ । म हेलाँ होइन महिला अर्थात आमा, हजुरआमा, दिदी आदिको सम्मान प्राप्त गर्ने स्थानमा यो वर्षको नारी दिवसले पु¥याउन  सहयोग गरोस् । एउटी नारीको कामना ।   –लेखक शिक्षक हुन् 

Related posts

भानुभक्तमा २०६ औं भानु जयन्ती

admin

भत्सर्ना

admin

रेडक्रसद्वारा डकर्मि प्रशिक्षण आयोजना

admin