22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

फेरी पनि उपेक्षामा तल्ला कर्मचारी

रमेश विकल

केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७६ ०७७ को बजेटमा राष्ट्रपति देखि कार्यालय सहयोगी सम्मको तलब सुविधा वृद्धि गरेको घोषणा गरे । आगामी साउन देखि लागु हुने गरी भएको बृद्धिले खासगरी राजनैतिक नेतृत्व खुसी भएको छ । किनभने राष्ट्रपति देखि सभासद सम्मको तलबमा पाँच अंकले बृद्धि भएको छ । अझै सांसदको भागमा त निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रति सांसद ६ करोड रुपैयाँ परेको छ ।

आफुलाई तल्लो वर्गको हितैषी भनेर नथाक्ने नेपाल कम्युनिष्ट पार्टीको दुइ तिहाई बहुमत प्राप्त सरकारले जेठ १५ मा प्रस्तुत गरेको बजेटको सामान्य चरित्र हेर्ने हो भने भनाइ र गराइमा आकाश जमिनको अन्तर पाईन्छ । कार्यालय सहयोगी र खरिदारको त कुरै छोडौ एउटा नायब सुब्बाले हरेक दिन बिहान १० बजे देखि सांझ ५ बजे सम्म कार्यालय गएर चिया खाजा समेत खान नभ्याएर जनसेवा गरेवापत महिना भरिमा थाप्ने तलब जति त राष्ट्रपतिको तलबमा बृद्धि भएको छ । एउटा कार्यालय सहयोगीको तलबमा तीनहजार रुपैयाँ बृद्धि हुँदा प्रधानमन्त्रीको तलब झण्डै १४ हजार रुपैयाँले बृद्धि भएको छ । बढेको तलबको हिसाव गर्ने हो भने कार्यालय सहयोगीको भन्दा प्रधानमन्त्रीको तलब चार गुणा बढीले बढेको छ । कम्युनिष्ट पार्टीको कुन चाहिँ आदर्श र सिद्धान्तले यसो गर्न भन्छ ?

२०१६ कार्तिक १६ मा प्रकाशित नेपाल गजेटमा श्री ५ का प्रधानमन्त्री, उपप्रधानमन्त्री , मन्त्री र सहायक मन्त्रीहरुका निमित्त पारिश्रमिक व्यवस्था गर्न बनेको आदेश भनि प्रकाशित विवरण अनुसार तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो नेतृत्वको मन्त्री परिषदको पारिश्रमिक घटाएका थिए । जस अनुसार प्रधानमन्त्रीको तलब प्रति महिना रु २५०० बाट घटाएर रु १५००, उपप्रधानमन्त्रीको रु २००० बाट घटाएर रु १२०० , मन्त्रीको रु १५०० बाट घटाएर रु १००० तथा सहायक मन्त्रीको रु १२०० बाट घटाएर रु ८०० बनाइएको थियो । नेपालका कम्युनिष्टको भाषामा सामन्त भनिने नेपाली कांग्रेसको दुइतिहाइको सरकारको त्यो निर्णय र आफुलाई गरिब निमुखाको प्रतिनिधि भन्ने वर्तमान नेकपाको उस्तै प्रकृतिको सरकारको यो निर्णय बीचको तादात्यता कता खोज्ने होला ?

दुःखद कुरा के भयो भने अन्य सबै कर्मचारीको तलब बढ्दा विद्यार्थीको जग भनिने पूर्व प्राथमिक कक्षामा पढाउने शिक्षकको पारिश्रमिक बढाउन आवश्यक ठानिएन । अरु शिक्षक तथा कर्मचारीको मनोबल उच्च राख्न र कार्यक्षमता बढाउन तलब सुविधामा बृद्धि गर्नु पर्ने तर बाबिके सकाको उच्च राख्नु नपर्ने हो र ? अहिलेको जमानामा ६ हजार दुइसय रुपैयाँमा महिना भर मान्छे कजाउन खोज्नु कति न्याय संगत हो ?

यतिमात्र होइन अन्य सरकारी अड्डामा काम गर्ने कार्यालय सहयोगीको तलब बढ्दा सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयागीको भने तलब बढेन । मासिक सातहजार पाँच सय रुपैयाँमा (जुन अन्तर्राष्ट्रिय श्रम संगठनले तोके भन्दा कयौं गुणा कम हो। ) नागरिकलाई कजाउने तर आफुले भने महिनामा राज्य श्रोतबाट असिमित सुविधा लिने । यो कहाँको न्याय हो ?

उता कार्यालय सहायक भनिने सामुदायिक विद्यालयमा आर्थिक प्रशासन हेर्न जिम्मा पाएका कर्मचारीको पिडा पनि उस्तै छ । उनीहरु मासिक ११ हजार पाँचसय रुपैयाँमा काम गर्न बाध्य छन्, जसको पनि यस पटक तलब सुविधा बढाउन राज्यले आवश्यक ठानेन । भर्ना गर्ने बेला योग्यता माग्दा कम्तिमा १२ उत्तीर्ण भनेर माग्ने तर तलब सुविधा ज्यादै न्यून दिने अझ अन्य सहकर्मीको तलब बढ्दा आफ्नो नबढ्ने कुराले उनीहरुको काम गर्ने जाँगर त पक्कै बढ्दैन होला । भाषणमा गरिब र निमुखामा प्रतिनिधि भनेर नथाके पनि तिनका पक्षमा काम गर्न भने नचाहेको वा उपेक्षा गरेको देखियो । लागि पनि भएको अनुभुत गर्न पाऊन् ।

Related posts

नेपाली काँग्रेस विशेष अधिवेशन आयोजक समितिले कार्यालय खोल्यो

admin

एउटा बुद्ध चाहिएको छ

admin

नागरिक पेन्सन योजना–२०७६ः एक चर्चा

admin