22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

पत्रकार महासंघको ध्यानकर्षण

नेपाल पत्रकार महासंघले बुधबार एक विज्ञप्ती प्रकाशित गरी पत्रकारलाई निर्वाध र स्वतन्त्र रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । साथै विज्ञप्तीमा पत्रकारको सुरक्षामा गम्भीर हुन समेत सम्वन्धित निकायसंग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा इटहरी उममहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले स्थानीय पत्रकार विराट अनुपमलाई टेलिफोन कुराकानीका क्रममा दिएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै जेठ २१ मा टेलिफोन कुराकानीका क्रममा मेयर चौधरीले अनुपमको नाक भाँच्न एक करोड रुपैयाँ छुट्याएको भन्दै धम्क्याएको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ –राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघको ठहर छ । महासंघ घटनाको घोर भत्र्सना गर्दछ । र, धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाई यस्ता घटना नदो¥याउनेतर्फ ध्यान दिन महासंघ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

यसैगरी विज्ञप्तीमा जेठ २१ गते राति महासंघ धनकुटा शाखाका सदस्य दिलबहादुर आशिष राईलाई ४÷५ जनाको अज्ञात समुहले धरानस्थित डिवीआर अनलाइन टेलिभिनको कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गर्दा पत्रकार राईको टाउकोमा गम्भीर चोट लागेको र राईको धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उल्लेख छ । विज्ञप्तीको अन्त्यमा महासंघ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ, भनिएको छ ।

Related posts

दशवटै क्वारेनटाईन

admin

पूर्ण सरसफाईका लागि अन्तरक्रिया

admin

प्रदेश लोकसेवा सदस्यमा तनहुँकी कल्पना

admin