25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

सम्झनामा मंगलादेवी-सम्पादकीय

नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिहको २४ आंै स्मृति दिवस बुधबार मनाइयो । नेपाली महिला आन्दोलनको कुरा गर्दा सबैले श्रद्धा पूर्वक लिने नाम हो मंगलादेवी सिहं । १९८१ सालमा काठमाण्डौंको न्हैकन्तलामा जन्मेकी सिंहको विवाह लौहपुरुष तथा सर्वाेच्च नेताका नामले समेत परिचित गणेशमान सिंहसंग विसं १९९७ असारमा भएको थियो । लगतै सोही कार्तिकमा राणा विरोधी आन्दोलनमा लागेको भन्दै गणेशमान जन्मकैदको घोषणा भएपछि उनी पनि जहानिया राणा शासनको विरोधमा लागेकी थिइन् ।
२००४ सालमा नेपाल महिला संघको स्थापना गरेर राणाहरुलाई चनौति दिएकी सिंह राणा प्रधानमन्त्री पद्म समशेरले गरेको सुधार, वास्तविक सुधार नभएर जनताका आँखामा छारो हाल्ने काम भएको भन्दै राणाहरुको दरवारमा जाने जुलुसको अगुवाई गर्ने महिला पनि हुन् । २००७ सालमा प्रजातन्त्र प्राप्तीको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सिंह २०१७ सालमा प्रजातन्त्रको हत्या गरिएको विरोध गरे बापत ५ वर्ष जेल परिन् । यसका साथै २०२५ साल पछि ८ वर्षसम्म निर्वासनमा समेत रहेर पञ्चायतको विरोधमा संगठन गर्ने र जनमत तयार गर्ने काममा समेत सक्रिय भएर लागि परिन् । २०४२ सालमा पार्टीले सञ्चालन गरेको सत्याग्रह तथा २०४६सालमा सञ्चालित प्रजातन्त्रको पुनः स्थापनाको आन्दोलनमा सक्रिय रहेकी सिंह नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भिक योद्धा, महिलाहरुको हक, हित र अधिकारको लागि सदैव संघर्षरत प्रेरक व्यक्तित्व हुन् ।
२०५३ भाद्र १० मा नेपालले नेपालको प्रजातान्त्रिक तथा महिला आन्दोलनकी अथक योद्धा सिंहलाई सदाका लागि गुमायो । नारी संघर्षका पाइलाहरु नामक संंस्करणत्मक पुस्तककी लेखक सिहको आदर्शलाई नेपाली कांग्रेसले भुल्दैगएको वर्तमानमा उनको सम्झना मात्रले पनि केही हदसम्म आदर्श अनुशरण गर्न कांग्रेसजनलाई प्रेरित गरेको भए स्मृति दिवसको सार्थकता रहने थियो । आदर्शकी प्रतिरुप र नेपाली प्रजातान्त्रिक तथा महिला आन्दोलनकी अगुवा र अथक योद्धा सिंह प्रति स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धाञ्जली !

Related posts

फेरी लडाई जुँगाको

admin

कमलबारीमा ११ पढ्ने विद्यार्थीलाई स्वागत

admin

भावरमा रहेको झोलुङ्गे पुल

admin