23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

भत्सर्ना


दमौली/नेपाली सेनाका क्या. विजय थापाले अन्नपूर्ण मिडिया नेटवर्कका सम्वाददाता, तनहुँ टेलिभिजन र दमौली न्यूज डट कमका सम्पादक पवन पौडेलको क्यामेरा खोसेर तस्विर हटाएको घटनाको नेपाल प्रेस युनियन तनहुँ र नेपाल पत्रकार महासंघ तनहुँ शाखाले छुट्टा छुट्टै विज्ञप्ति निकाले निन्दा एवं भत्सर्ना
गरेको छ ।
पत्रकार पौडेलले हिजो बुधबार विहान दमौली स्थित सार्वजनिक सडकमा ट्रयाकसुट लगाएर दौडिरहेको दृष्य खिच्ने क्रममा व्यास–५ चापाघाट स्थित नेपाली सेनाको कालीभञ्जन गणका क्या. थापाले क्यामेरा खोसेर खिचिएको दृष्य हटाउनुका साथै दुव्र्यवहार गरका थिए ।
अन्नपूर्ण मिडिया नेटवर्कका तनहुँ सम्वाददाता, तनहुँ टेलिभिजन तथा दमौली न्यूज डट कमका सम्पादक एवं नेपाल प्रेस युनियन तनहुँका सल्लाहकार समेत रहेका पत्रकार पौडेलमाथि भएको दुव्र्यवहारले युनियनलाई दुःखी तुल्याएको युनियनका सभापति अमरराज नहर्कीद्वारा प्रकाशित विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, सञ्चार जगतको समेत सक्रिय सहभागितामा देशमा लोकतन्त्रक अभ्यासमा रहेको बेला यसरी सार्वजनिक स्थलमा रिपोर्टिङका क्रममा पत्रकार माथि हुने दुव्र्यवहारले लोकतन्त्रलाई नै गिज्याएको छ । यस्ता घटनाले लोकतन्त्र र कानुनी शासनको उपहास गर्दै निरंकुशतालाई वढावा दिने र प्रेस स्वतन्त्रतालाई झनै अंकुशमा पार्ने हाम्रो ठहर छ ।
घटनामा संलग्न सैनिक अधिकारी माथि तत्काल कारवाहीको माग गरेको युनियनले यस्ता खालका घटना नदोहो¥याउन समेत सजग
गराएको छ ।
दोषी माथि कारवाही नभए आन्दोलनमा उत्रने समेत युनियनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Related posts

सभामुखलाई पत्रकार महासंघको ध्यानाकर्षण

admin

विकासवादी सिद्धान्त नविनतम सोच

admin

तनहुँ काँग्रेसको क्रियाशिलता फरक शैलीमा समानान्तर कार्यक्रम

admin