30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

नेपाल शिक्षक संघको ध्यानाकर्षण

दमौली/नेपाल शिक्षक संघ तनहुँले बुधबार ए विज्ञप्ती प्रकाशित गरी आन्दोलनरत शिक्षकको उचित व्यवस्थापन गर्न सरकारको ध्यानकार्षकण गरेको छ ।

संघका अध्यक्ष कमलभक्त पोख्रेल र सचिव पदम खनालको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा आन्दोलनरत शिक्षकहरुसँग लोकतान्त्रिक प्रणलीबाट समस्याको समाधानमा पुग्न सरकारलाई आग्रह समेत गरिएको छ । विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका राहत शिक्षक, बाल विकास स.का. अस्थाइ शिक्षक, स्रोत व्यक्तिको सट्टा शिक्षक तथा विद्यालय कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलनप्रति ने.शि.संघ तनहुँको नैतिक समर्थन रहेको जनाउँदै विज्ञप्तीमा शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न पाउने हकलाई कुल्चदैं प्रहरी लगाएर दबाउन खोज्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।

शिक्षा शिक्षक र कर्मचारी माथिका विभिन्न खाले विभेद अन्त्यका लागि गरिएको आन्दोलन प्रति नैतिक समर्थन रहेको समेत विज्ञप्तीमा उल्लेख छ । साथै विज्ञप्तीमा आन्दोलनरत पक्षको माग सम्बोधनमा गर्ने पक्षमा सरकार रहनुपर्ने समेत उल्लेख गरिएको छ ।

Related posts

विश्वविद्यालयको दायित्व परिक्षा मात्र हो ?

admin

भवन निर्माणका लागि भैला

admin

कठोर छ हाम्रो अनुसन्धान पद्धति

admin