19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

व्यास नगरपालिकालाई सम्मान

दमौली/नेपाल सेन्टर फर फिलान्थ्रोपि प्रा.लिले व्यास नगरपालिकालाई सम्मान गरेको छ ।

व्यास नगरपालिका –१२, घासिंकुवामा नेपालीका परोपकार र प्रेरणाका स्रोत घांसिको स्मृतीमा कुवा निर्माण गरेकोमा घासिं प्रतिको सम्मान स्वरुप व्यास नगरपालिकालाई संस्थाले सम्मान गरेको हो ।

उक्त संस्थाको आयोजनामा काठमाण्डौमा सम्पन्न परोपकार विषयक सम्मेलन समापनका अवसमा गत साता व्यास नगरपालिकालाई प्रसंसा पत्र सहित सम्मान गरेको व्यास नगरपालिकाले जनाएको छ । उक्त सम्मान पत्र संस्थाका संस्थापक रेवतिरमण ढकालले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तानरण गर्दै व्यास नगरपालिकाको विकासको सफलताको कामना व्यक्त गरे । प्रसशा तथा सम्मान पत्र ग्रहण गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भानु र घांसिको बारेमा धेरै काम गर्न बाकिं रहेको बताए । नगर प्रमुख न्यौपानेले घासिकुवाको प्रचारप्रसारमा नगरपालिकाले सक्दो प्रयास गर्ने बताए ।

Related posts

व्यास नपाको चौथो नगर सभा सम्पन्न

admin

क्षतिपूर्ति कानून र राज्यको दाइत्व

admin

अनुरोध

admin