24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

कार्यकर्ता अपमानित गरेर नेता बन्न पाइदैन -दम्भले विग्रेको नेतृत्वबाट नेपाली काँग्रेस तनहुँ बचाउन माघ आठ गतेको विशेष अधिवेशन

विशेष सम्वाददाता/नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेसका सच्चा र इमानदार कार्यकर्तालाई अपमानित गरेर नेता बन्न पाईदैन भन्नु भएको छ ।

नेपाली काँग्रेस विेशष अधिवेशन आयोजक समिति तनहुँले आयोजना गरेको विशेष अधिवेशन तयारीको विस्तारीत बैठक पछि आयोजित पत्रकार सम्मेलनलाई बुधबार सम्बोधन गर्दै नेता जोशीले दम्भले विग्रेको नेतृत्वबाट नेपाली काँग्रेस तनहूँलाई बचाउन माघ आठ गते विशेष अधिवेशन गर्नु परेको उहाँले बताउनु भयो ।

वैधानिकताको सवाल उठाउनेहरुलाई चेतावनी दिदै नेता जोशीले विधान मिचेर संसदीय बोर्डको काम काँग्रेसको उम्मेदवार छान्ने जिम्मा आफैले लिएर इमानदार र स्वाभिमानी कार्यकर्ता, शहीद परिवारलाई अपमानित गरेर आफूले चुनाव जित्नेका प्रयोजनका लागि मात्र उम्मेदवार चयन गर्ने प्रबृत्तिले काँग्रेसको साख गिराएको छ । काँग्रेस त्यो दम्भी प्रबृत्तिबाट प्रताडित कार्यकर्ताको भावनाको नेतृत्व विशेष अधिवेशनले गरेको नेता जोशीले बताउनु भयो ।

आफूजस्तै आत्मसमर्पण नगर्ने नेपाली काँग्रेसका कार्यकर्ताहरुले थालेको काँग्रेस बचाउने अभियानलाई थकाएर आत्मसमर्पण गराउने सोंच नराख्न पनि दम्भि नेतृत्वलाई नेता जोशीले चेतावनी दिनुभएको छ । नेपाली काँग्रेस विशेष अधिवेशन आयोजक समिति तनहुँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोईराला समेतलाई भेट्दा दुवै नेताले रामचन्द्र पौडेलले दुःख दिएको स्वीकार गरेको दृष्टान्त सो अवसरमा नेता जोशीले प्रस्तुत गर्नुभएको थियो ।

नेपाली काँग्रेसका कार्यकर्ताहरु दुई धार मध्ये एक धारमा लाग्न पर्ने उहाँले बताउनु भयो । आफूहरुसँग दुई विकल्प रहेको चर्चा गर्दै नेता जोशीले या त आत्मसमर्पण गरेर काँग्रेसको सक्रिय राजनीति छाड्ने, या त आफ्नो स्वाभिमानको रक्षार्थ दम्भी नेतृत्व विरुद्ध संघर्ष गर्ने । त्यसैगरी दम्भि नेतृत्वसंग पनि दुई विकल्प रहेको जोशीले तर्क थियो– या त उहाँहरु हामीसंग सम्झौता गर्नु पर्दछ । या त काँग्रेस समाप्त गर्न लाग्नु पर्दछ । विशेष अधिवेशनमा लाग्नेहरुलाई नेपाली काँग्रेसबाट निकाल्ने चर्चालाई धम्की भन्दै नेता जोशीले काँग्रेस बचाउने कार्यकर्तालाई कारवाही गरेर दम्भि नेतृत्वले कस्तो संगठन गर्न खोजेको छ गाउँ गाउँका कार्यकताले बुझि सके । काँग्रेस बचाउने अभियानमा सहभागि हुन गाउँ गाउँबाट कार्यकर्ता आउने जोशीले ठोकुवा गर्नु भयो ।

नेपाली काँग्रेस विशेष अधिवेशन तयारी विस्तारित बैठकमा सहभागि वक्ताहरुले विशेष अधिवेशनलाई समर्थन गर्दै शुभकामना सहित सक्रिय सहभागि हुने प्रतिबद्धता जाहेर गरेका थिए । विशेष अधिवेशन आयोजक समितिका संयोजक डिल्लीराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव परशुराम गिरीले गर्नुभएको थियो । विस्तारित बैठकमा आफ्ना धारणा राख्नेहरुमा पूर्व डिआईजी खोजबहादुर गुरुङ्ग, क्षेत्रीय प्रतिनिधिहरु पूण्य भट्टराई, पितम गुरुङ, शुकुमलाल गुरुङ, चुमनारायण श्रेष्ठ, ठाकूर अधिकारी, प्र्रष्ठित व्यापारी ज्योतिकुमार श्रेष्ठ, घाँसीकुवाका पूर्व अध्यक्ष श्यामकृष्ण लोहोनी, कार्यकर्ताहरु गोविन्द पन्थ, तरुण दल क्षेत्र नं. १ का अध्यक्ष बाबुराम श्रेष्ठ, रोमायाँ थापा, दिनेश कार्की लगायतका बक्ताहरुले सो अवसरमा आफ्ना धारणा राखेका थिए ।

Related posts

कलेस्तीमा विश्वरेडक्रस दिवस

admin

परियोजना अनुगमन

admin

१५ लाख लागतमा ब्रह्माकुमारी भवन निर्माण

admin