22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

टर्मीनल भवन शिलान्यास

दमौली/व्यास १ करङकाठ स्थित बसपार्कमा टर्मिनल भवनको शिलान्यास गरिएको छ । मंगलबार व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले भवनको शिलान्यास गर्नुभएको थियो ।

३ करोड १५ लाखको लागतमा करिब ५० ओटा बस राखिने गरि साढे दुई तलाको भवन निर्माण गरिने छ । सो भवन निर्माणको लागि कान्छाराम कन्स्ट्रक्सन प्रा.लि.ले १८ महिनाभित्र काम सक्ने गरि जिम्मा पाएको छ । भवन वरपर ११ ओटा स्टल, फुटपाथ तथा गार्डेन समेत निमार्ण गरिने छ । भवन निर्माण भएलगतै छोटो दुरीका सवारीलाई वसपार्कबाटै छुट्ने गरि व्यवस्थापन गरिने नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

Related posts

माटोको मायाँ

admin

महिला हिंसा विरूद्धको अभियान र उपलब्धि

admin

जन्मजयन्तीको अवसरमा गणेशमानको शालिकमा माल्यार्पण

admin