Tanahun Awaj
Uncategorized

राष्ट्रिय योग दिवस मनाइयो

दमौली/ब्रह्मकुमारी राजयोगद्धारा मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय योग दिवस मनाइएको छ । ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको आयोजनामा योग गरौ तन र मन लाई स्वस्थ राखौ भन्ने नाराका साथ ओम शान्ति भवन दमौलीमा योग दिवस मनाइएको थियो ।

कार्यक्रममा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाकी संचालिका ब्रह्माकुमारी यमुनाले योगले हाम्रो तन र मनलाई निर्मल गराई मनको अन्धकारलाई हटाउन सहयोग गर्ने भन्दै दैनिक जीवनमा योगको महत्वकबारे चर्चा गरेका थिए ।

कार्यक्रममा करिब एक घण्टा मौन रही शान्ति र सदभावका तरङहरु विश्व बह्माण्डमा सामुहिक रुपमा फैलाइएको थियो । कार्यक्रममा शाखाका ५८ जना सदस्य ब्रह्माकुमार तथा कुमारीहरुको सहभागिता रहेको थियो ।

Related posts

जन्मदिनमा श्रृङ्गलाई भलिबल

admin

लोकतन्त्र कायम रहोस्-सम्पादकीय

admin

छापा

admin