21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

तनहुँ कारागारमा कैदीले तिहार मनाए

दमौली÷जिल्ला कारागार तनहुँका कैदिले कारागार भित्रै हर्षोल्लासका साथ तिहार मनाए । कार्तिक २३ गते भाइटीकाका दिन कारागारका ५५ कैदिले आ-आफ्नो दिदीबहिनीको हातबाट टिका लगाइ गच्छे अनुसारको उपहार दिएको कारागार प्रमुख नारायण अधिकारीले बताए । उक्त दिन कैदिलाई टिका लगाउनको लागि सुरक्षा व्यवस्था समेत कडा पारिएको कारागार इन्चार्ज प्रहरी नायव निरीक्षक बिन्दुराज अधिकारीले बताए । जिल्ला कारागारका कैदिले मासु र सेलरोटी खाइ देउसीभैलो खेल्दै तिहार मनाएका थिए ।

Related posts

पिठाधीश अभिषेकसंगै शिवपुराण शुभारम्भ

admin

चट्याङ्ग चौतारी

admin

समाजवाद र लोकतन्त्र

admin