सजीवलाई आफ्नो जीवन चलाउन असल ,आफू अनुकूल वातावरण आवश्यक हुन्छ। नेपालमा मात्र नभई विश्व भरी नै वैज्ञानिकहरुले वातावरणको विषयमा चिन्ता गरे पनि जनसंख्याको वृद्धिको कारणले सरोकारवाला निकायले वातावरण संरक्षणमा पुराएको ध्यान कम हुन गएको छ ।
वातावरण र कृषिको सम्बन्धमा एक उदाहरण( तनहुँ जिल्लाको भानु(७, साविक बसन्तपुर-७ को भाटटारी खेतको प्रसंग छ( पहिलेका रानीले यो खेत रोपियो कि रोपिएन भनि यो खेत रोप्ने किसानलाई सोधिन्थ्यो रे। यो रोपियो भने समय राम्रो पर्ने भयो भनि रानी खुसी हुन्थ्यो रे। त्यतिखेर यो खेत सरकारी वा कुनै एक व्यक्तिको नाउँमा थियो कि अनुमानको विषय हो। अहिले यो खेत सबै व्यक्तिहरुका नाउँमा छ। जे होस् राम्रो मौसम परेन भने यो खेत नरोपिने रहेछ। वातावरण त्यस समयमा पनि फेरबदल हुने देखिन्छ। अहिले यो खेत कुनै पनि वर्ष बाँझो छोडिन्न किनकि कम पानी परे पनि हुने धानको उन्नत वीउ, प्राङ्गिक मल अभावमा रासायनिक मल प्रयोग गर्न, रोग लागेमा विषादी बजारमा किन्न पाइन्छ।
पहिले गाउँमा पशुपालन, खेतीपाती, फलफूल, तरकारी जस्ता स्वास्थ्यलाई हानि नपुराउने उब्जनी हुन्थ्यो। किसानले सरकारको मुख ताक्नु पर्दैनथ्यो। हाल नेपाल सरकारले कृषि क्षेत्रमा वर्षै पिच्छे बजेट छुट्याउँछ। किसानलाई राहत अनुदान उपलब्ध गराउने गर्छ। यो राहत रकम कस्ता किसानले कहिले कहाँबाट कसरी पाउन सकिन्छ भन्ने कुरा सबै किसानले जानेर थाहा पाउन सकेको छैन । यस्तो सरकारी राहत अनुदान लिन नसक्ने लिन नजान्ने किसानहरुमा गाउँले किसान पर्दछन्। शहरका महलमा बिराजमान हुने साहु महाजन जो गोबर मल चिनेकै छैन, खेतबारीको माटो छोएकै छैन, उसैले सरकारबाट किसानका लागि छुट्याएको राहत अनुदान अनुदान वितरकलाई कागजमा मिलाई झ्वाम पारेको हो कि कृषि क्षेत्रमै लगानी भएको होला त ? यो अनुदान नपाएर कृषि कर्ममा बितृष्णामा परेका गाउँले किसानलाई कसले कृषि कर्म राम्रो हो भनि हौसला बढ्ने खालको प्रशिक्षण दिने हो?
वातावरण र विकास
previous post